Powered by Blogger.
मनोमानी राहत वितरण गरिएपछि वाश्तविक भूकम्प पिडितको धर्ना


बज्रवाराही, ६ माघ । तथ्यांक सच्याउन माग गर्दै निबेदन दिएको ६ महिना वित्दा पनि वडा कार्यालयले वास्ता नगरेपछि थाहानगरपालिस्थित बज्रवाराहीका बास्तविक भूकम्पपीडितहरुले वडा कार्यालयमा भेला भएर दबाब दिएका छन् । 

भूकम्पपीडितहरुको तथ्यांक संकलन र राहत वितरणमा मनोमानी भएको भन्दै तथ्यांक संकलन र अनुगमनका लागि नयाँ टोली ल्याउन माग गर्दै दबाब दिएका हुन् ।दबाब दिन ११ देखि १५ वडा सम्मका वास्तविक पीडितहरु भेला भएका थिए । उनीहरुले नयाँ टोली ल्याउन जति ढिलो ग¥यो त्यति नै सरकारी राहत दुरुपयोग हुने र आफूहरु वास्तविक पीडित थप मारमा पर्ने भन्दै सकभर छिटो तथ्यांक संकलनका लागि नयाँ टोली ल्याउन माग गरेका छन ।

दबाब दिन पुगेका पापुङका स्थानीय टेकमान गोपालीले आप्mनो आँखै अगाडि बास्तविक पीडितले राहत नपाएको र नक्कली भूकम्पपीडितहरुले राहत पाएकाले अनुगमनको माग गरेको वताउनु भयो । “वास्तविक पीडितको तथ्यांक नै छुटेको छ तर घर केही नभएकाहरुले धमाधम सरकारी राहत लिईरहेका छन्, त्यसैले नयाँ टोली ल्याउन माग गरेका हौं ।” गोपालीले भन्नु भयो ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्ने तयारी समेत गरेका छन् । वडा नम्वर १४ का संयोजक कल्पना बलामीले पनि राहत वितरणमा चरम मनोमानी भएकाले स्थानीय प्रशासनले नयाँ टोली पठाउन ढिलाई गर्न नहुने बताईन् । 

बज्रवाराही वडा कार्यालयमा करिव ६ महिना अगाडि नै पुनः तथ्यांक संकलनको माग गर्दै तीन सय जना भन्दा बढीले निवेदन दिएका थिए । तथ्यांक संकलनमा आउने कर्मचारीहरुको हेल्चेक्राईले थुप्रैको नाम र थर गलत लेखिएका कारण उनीहरु सरकारी राहत पाउनबाट वञ्चित भएका छन् । कतिपयको भत्किएको घर आंशिक सूचिमा राखिएका छन भने कतिपयको सूचिमै छैन ।

सरकारी नियम अनुसार एउटा घरलाई एक पीडित मानेर राहत दिईने भएता पनि यहाँ एउटै घरलाई तीन जनाको नाममा कार्ड बनाएर राहत लिएको समेत भेटिएको थियो । यहा पाँच वटा वडामा गरी २३३ जना नक्कली घर धनीले राहत लिईरहेको भेटिएको हो । थाहा नगरपालिकाको तथ्यांक अनुसार यस क्षेत्रमा जम्मा १६ सय धरधुरी रहेकोमा भूकम्पपीडितको तथ्यांकमा १८३३ घरधुरी देखिएका हुन् । 

थाहा नगरको ५ वटा वडाको संयुक्त वडा कार्यालय बज्रवाराहीका सचिव गौतम सिंह वस्तीले आफू नयाँ नियुक्ती भएर आएकाले यथार्थ बुभ्mन समय लागेको र स्थानीयको समस्या सम्बोधनको पहल गर्ने वताउनु भयो । थाहानगरपालिका कार्यालयले भने भूकम्पपीडितको काम कारवाही जिल्ला दैवी प्रकोप समितीले हेर्ने भन्दै वास्तविक भूकम्पपीडितको पीडाप्रति चासो दिएका छैन ।




0 comments

Write Down Your Responses