Powered by Blogger.
दोस्रो तारेभिर महोत्सव सम्पन्न


काठमाडौं ।  उपत्यकाको चार उच्चशिखरहरुमध्ये शिवपुरीको उच्चशिखर तारेभिर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सरोकारवाला र स्थानीय जुटेका छन् । 

तामाङ समुदाको बाहुल्य क्षेत्रका रुपमा रहेको विकट क्षेत्र तारेभिरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र पर्यटनका मार्फत सो क्षेत्रका जनताको आर्थिक स्थितिमा सुधार गर्न शुक्रवार विगत बर्षमा झै माघ १ गते तारेभिर महोत्सव सम्पन्न गरिएको हो ।

 प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो स्थान काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा पर्छ । धार्मिक, ऐतिहासिक र प्राकृतिक हिसाबले महत्वपूर्ण यो स्थल धार्मिक भनाइ्अनुसार महादेवको तपस्याभूमि हो र वनपैदावारका दृष्टिले अत्यन्त सुलभ स्थान हो । काठमाडौं उपत्यकाको धार्मिक धरोहरको महत्व बोकेको वाग्मति नदी यसै क्षेत्रको उपजको रुपमा रहेको छ । 

प्राकृतिक हरियाली, कन्चन तथा शुद्ध पानी, सिमसार क्षेत्रको अत्यन्त ठूलो भण्डार रहेको यो स्थानमा गजधम्म गणेश झैं दक्षिणी पहारमा तारेभीर चन्दागिरी र फुल्चोकीलाई जिस्क्याइजिस्क्याइ उभिरहेको छ  । यसको काखमा अवस्थित गोकर्णेश्वर क्षेत्र, उत्तरगया, हरियाली सुन्दरीजल क्षेत्र, सुन्दरीमाई मन्दिर, बूढानिकण्ठ नाारायण मन्दिर,  तथा  शहिदको आत्मा र आस्थाको केन्द्रका रुपमा विकास गर्न लागिएको राष्ट्र्यि शहीद तथा शान्ति पार्क(स्मारक) यज्ञडोल तारेभीरको अग्लाइको छहारीमा  सौन्दर्य छरेर बसिरहेको तारेभिर  क्षेत्रलाई विकास गरी पर्यटनको गन्तब्यका रुपमा विकास गर्न सरोकारवालाहरु एकजुट भएर लागेका हुन् । 

तर पनि मानव सभ्यताको विकासमा यत्रो योगदान गरेको शिवपुरी क्षेत्र र यहाँ अवस्थित तारेभीरलाई उपेक्षा गरेको थियो ।  यसको महत्वको विशेषतालाई उन्नतिका लागि  पूर्वाधार विकास गर्न सकिरहेको थिएन । तर अव एकिकृत रुपमा गुरुयोजना बनाई यसको विकासमा स्थानीय बासिन्दा, राजनीतिक दल र सो क्षेत्रका सांसद रामेश्वर फुयाल अभियान सहित जुटेका छन् । 

गत बर्ष काठमाडौं ३ का सभासद् रामेश्वर फुयालको नेतृत्वमा र जिविस लगायत सरकारी निकाय र जनताको जनश्रमदानमा सो ठाउमा मोटरबाटो पु¥याइएको छ । चट्टान आरोहन केन्द्र निर्माणका लागि समेत शुभारम्भ गरिएको छ । पर्यटनको विकास का लागि सो क्षेत्रलाई चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएकोमा यस वर्ष पनि निरन्तरता दिइएको छ । 

महोत्सवको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथन नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले सो क्षेत्रको पर्यटकीय विकासका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री महतले पर्यटन मार्फत सो क्षेत्रको आर्थिक विकास गर्नका लागि महोत्सव कोसेढुंगा हुने बताएका छन् । निम्न आर्थिक स्थिति भएका जनताहरुको आर्थिक स्थितिमा सुधार गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले सरकारले यस्ता ठाउँहरुको पहिचान गरी विकास गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन् । 

काठमाडौं ३ का सांसद रामेश्वर फुयालले तारेभिर को अथाह सम्भावनालाई उजागर गर्न महोत्सवको आयोजना गरिएको बताए । पर्यटन मार्फत जनताको आर्थिक विकास गर्नका लागि महोत्सवले उल्लेखनीय योगदान पु¥याएको ले आर्थिक स्थिति कमजोर भएका सो क्षेत्रका जनताको आर्थिक अवस्थामा अव परिवर्तन आउने उनले बताए । विगतमा तारेभिरमा सडक नपु¥याई माघे संक्रान्ति नमान्ने उद्घोष गरिएको स्थानीयको जनश्रमदानबाट सो काम सम्भव भएको स्मरण गर्दै उनले भने जनता जागे परिवर्तन सम्भव रहेको बताए । “अव यसको एकिकृत विकासका लागि गुरुयोजना बनाई पदयात्रामार्ग, होमस्टे, चट्टान आरोहन केन्द्रको विकास गरिनेछ” फुयालले बताए । 

सांसद फुयालले तारेभिर सम्म पुग्ने बाटो पक्की बनाउन आफु सक्रिय रुपमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । मेला आयेजक मुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव विष्टले आफुहरु समग्र तारेभिर क्षेत्रको पर्यटकीय पूर्वाधार विकासमा गुरुयोजना निर्माण गरी अघि बढ्न आगेको जानकारी गराउँदै सक्दो सहयोग गर्न सरकाारर्ला ध्यानाकर्षण गराए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले पर्यटन मार्फत आर्थिक विकास गर्ने कार्यको  थालनी भएकोले आआफ्नो ठाउँबाट यसलाई सफल बनाउन भूमिका खेल्ने प्रतिद्धता ब्यक्त गरेका छन् । महोत्सवमा तामाङ समुदायकोे झाँकी, साँस्कृतिक कार्यक्रम, स्थानीय भेषभूषा र उत्पादनको प्रदर्शनी गरिएको छ । 
मोहन गौतम, जोरपाटी

0 comments

Write Down Your Responses