Powered by Blogger.
टिम टिभीको अब आफ्नै भवन बन्ने


हेटौँडा, ७ माघ । मकवानपुर सामुदायिक भिजन प्रालिद्वारा सञ्चालित टिम टेलिभिजनले हेटौँडा–१ चौकीटोलमा भवन निर्माण सुरु गरेको छ ।

मकवानपुर सामुदायिक भिजनका अध्यक्ष धु्रवप्रसाद पराजुलीले बिहीबार भवन शिलान्यास गरे । केबल प्रविधिमार्फत जिल्लामा ख्याति कमाउन सफल टिम टेलिभिजनले आफ्नो प्रसारण देशव्यापी बनाउन भवन निर्माण थालनी गरेको हो ।

टेलिभिजनले पछिल्लो दुई महिना यता डिजिटल प्रविधिमा परीक्षण प्रसारण गरिरहेको र डिजिटल सञ्चालनका लागी स्थान अपर्याप्त रहेकाले आफ्नै भवन निर्माण थालिएको सामुदायिक भिजन प्रालिका अध्यक्ष पराजुलीले बताए ।

टेलिभिजनको घर निर्माणसँगै आगामी वैशाखदेखि टिम टेलिभिजन पूर्णरुपमा डिजिटल प्रविधिमा देशभर प्रसारण हुने अध्यक्ष परजुलीले जानकारी दिए । 

कार्यक्रममा मकवानपुर सामुदायिक भिजन प्रालिका व्यवस्थापक तथा टिम टेलीभिजनका अध्यक्ष नवराज खतिवडा, उपाध्यक्ष अशोककुमार डङ्गोल, प्रबन्धक भीमसेन महत, प्राविधिक प्रमुख श्यामबहादुर राईलगायत संस्थामा आवद्ध कर्मचारीको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses