Powered by Blogger.
थाहा नगरमा पनि यसरी मनाइयो ढाकाटोपी दिवश


पालुङ, १७ पुस । अंग्रेजी नया वर्षको पहिलो दिन विश्वभरका नेपालीहरुले आफ्नो मौलिक पहिचान ढाकाटोपी लगाएर मनाउने क्रममा मकवानपुरमा पनि यसको सुरुवात भएको छ ।  थाहा नगरपालिका शिखरकोटमा रहेको शिखर बचत तथा ॠण सहकारी संस्थाले ढाका टोपी दिवशको शुभकामना आदन प्रदान गर्दै छलफल तथा बनभोज कार्यक्रमको आयोजना गरी मनाएको छ ।

 ‘आफ्नो सभ्यता, संस्कार, पहिचानलाई जगेर्ना गर्नु हरेको नेपालीको कर्तब्य हो । त्यही कर्तब्यलाई पुरा गर्दै सकारात्मक समाजिक सन्देस जावोस भनि यो कार्यक्रम तय गरिएको हो ।’ संस्थाका ब्यवस्थापक सुमन बिष्टले भन्नु भयो । यही जागरुक्ता यही उत्साहका साथ सबै नेपालीले सहभागिता बढाउदै जाने हो भने ढाका टोपी दिवश सम्पुर्ण नेपालीको लागी नया पर्ब बन्ने निश्चित भएको छ ।

कन्भर्स, जिन्स र टिसर्टमा रमाई रहेको युवा पुस्ताले परम्परागत नेपाली पहिरनलाई भुल्दै गैरहेको छ । हामिले मनाउने चाडबाडमा समेत बिदेशी रंग, बिदेशी संस्कार र बिदेशी पहिरन कै प्रयोग बढ्दै गैरहेको छ । यही क्रम चलिरहने हो भने यस्तो दिन चाढै आउने छ जहाँ नेपालीपन नेपाली पहिचान शुन्य हुनेछ । 

यही चिन्तालाई मधयनजर गर्दै  आधुनिक समाज र समय मै जन्मिएर पनि नेपाली पहिचान स्वभिमान प्रती सचेत रहेका केहि युवाले त्यो दिन नआवोस भनि इश्वी सम्बत २०१३ जनवारी १ देखी नेपाली ढाका टोपी दिवश नाम दिएर नेपाली पहिरन, नेपालीपन, नेपाली पहिचानलाई जिवित राख्न लागी परेका छन् । 

सामाजिक सञ्जालको सदुपायोग गर्दै थालिएको यो अभियानमा दशौ हजार युवा सहभागी भएको देखिन्छ । देश तथा बिदेशमा रहेका नेपाली युवाले आफ्नो फेसबुक प्रोफाइलमा ढाका टोपी लगाएको तस्बिर राख्ने क्रम निक्कै बढेको छ । जर्जियन नयाँ सालको शुभकामना भन्दा ढाका टोपी दिवशको शुभकामना दिने चलन समेत बढी रहेकाले यसलाई खुसी नै मान्नुपर्ने देखिन्छ । 



0 comments

Write Down Your Responses