Powered by Blogger.
योजना छनोट सम्पन्न, थाहा नगर परिषद उद्घाटन गर्न उपप्रम चित्रबहादुर केसी पालुङ आउँदै


पालुङ, २१ पुस । मकवानपुर जिल्लाको थाहा नगरपालिकामा एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । यही पुस २८ गते नगर परिषदको तयारी स्वरुप नगरपालिकाले योजना तर्जुमा गोष्ठी गरेको हो ।
  
थाहा नगरको १५ वटै वडाबाट योजना छनौट गर्नको लागि वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रसँग छलफल गरि भएका योजनाहरुलाई प्राथामिकताको आधारमा आउँदो नगर परिषदमा पेस गर्नकोे लागि सहज होस् भन्ने उदेश्यले गोष्ठी आयोजना गरिएको नगरपाललिकाले जनाएको छ । 

गोष्ठीमा आउँदो नगर परिषदलाइ सफल पार्नको लागि यस अघि नै वडा स्तरका योजना छनौट प्रक्रिया शुरु भई आज त्यस योजनाको बारेमा छलफल भएको थियो । छलफलपछि कृषि, पर्यटन, खेलकुद, स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी, कला संस्कृतिक, साहित्य लगायतका योजनालाई पहिलो प्राथमिकता दिइने भएको छ ।

टोल स्तरबाट छनोट भएको योजना  आज भएको एकिकृत योजना तर्जुमा गोष्ठीबाट पारीत गरीएको र लक्षित बर्गको योजना छनोट कार्य भोलि सम्पन्न हुने थाहा नगरपालिकाका नायब सुब्बा अनिल लामिछानेले जानकारी दिनु भयो । 

आज पहिचान भएका योजनालाई पहिलो प्राथमिकता दिनु पर्नेमा सबैले जोड दिएका थिए । नगर परिषद् उद्घाटन गर्नको लागि उप प्रधानमन्त्री चित्रबहादुर केसी यही २८ गते पालुङ आउनुहुने भएको छ ।




0 comments

Write Down Your Responses