Powered by Blogger.
बाल विकास केन्द्रलाई शैक्षिक सामाग्री प्रदान

पालुङ, २१ पुस । थाहा नगरपालिकाको दामन पालुङका वाल विकास केन्द्रलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । 
विद्यालयमा रहेको सशक्त वाल विकास केन्द्रहरुलाई प्लान नेपालको सहयोग तथा निष्पक्ष युवा समुह बज्रबाराहीको आयोजनामा शैषिक सामग्र िप्रदान गरिएको हो । 

नगरको दामन र पालुङका १४ वटा केन्द्रलाई ३ हजार रुपिँया बराबरको सहयोग सामाग्री प्रदान गरिएको सामुदायिक विकास संस्थाका सुपर भाइजर राजेश श्रेष्ठले जाकारी दिनु भयो । 

निष्पक्ष युवा समुह बज्रबाराहीको अध्यक्ष निराजन गोपालीको उपस्थितिमा हस्तान्तरण गरिएको कार्यक्रममा प्लान नेपालका विकास संयोजक कान्छी श्रेष्ठ, सामुदायिक विकास संस्थाका सुपर भाइजरहरू राजेश श्रेष्ठ, निर्मल गोपाली, विभिन्न विद्यालयका प्राध्यानाध्यपकहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses