Powered by Blogger.
मुक्ति समाज मकवानपुरले ल्यायो जिल्लाव्यापी प्रशिक्षण अभियान


मकवानपुर, २७ पुस । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको पुर्ण बैठक आज वसेको छ । 

मुक्ति समाज मकवानपुरका अध्यक्ष रत्नलाल बिश्वकर्माको अध्यक्षतामा वसेको बैठकले संठनलाई सुदृढ र ब्यबस्थित गर्ने र बैचारिक रुपले कार्यकर्तालाई प्रशिक्षित गराउन ४ वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण सहितको बैठक संचालन गर्ने जनाएको छ । 

जिल्ला कमिटीका सदस्यहरुका लागि सैद्धान्तिक पक्षको अध्ययन तथा प्रशिक्षण कार्यक्रम तय गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिनु भयो । 

अध्यक्ष बिश्वकर्माले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आउँदो माघ ९ गते पार्टी कार्यालय  हेटौंडामा, माघ १६ गते क्षेत्र नम्बर १ हर्नामाडीमा, माघ ८ गते क्षेत्र नम्बर २ को भैसेमा, माघ १६ गते क्षेत्र नम्बर ३ को हेटौंडा र माघ  १५ गते क्षेत्र नम्बर ४ मनहरीमा हुने जनाएको छ । 

सो कार्यक्रममा सहभागी हुनको लागि मुक्ति समाज मकवानपुरले हार्दिक अपिल गरेको छ ।

0 comments

Write Down Your Responses