Powered by Blogger.
गौतमश्रीले कमायो ६२ लाख नाफा


पालुङ, २७ पुस । गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष ६२ लाख ३२ हजार ६ सय १० रुपैँया  नाफा कमाउन सफल भएको छ ।

संस्थाको आइतवार  भएको चौँथो वार्षिक साधारण सभामा सचिव उर्मिला भट्टले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।

संस्थाको शेयर पुँजी गत वर्ष १४ लाख ८९ हजार ७ सय रहेकोमा यस वर्ष बढेर १५ लाख ४५ हजार २ सय पुगेको छ ।  यसैगरी  कुल सम्पती ३ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ रहेकामा यस बर्ष घटेर २ लाख ४२ हजार ३७ रुपिंया पुगेको भट्टले जानकारी दिनु भएको थियो ।

थाहा नगरका योजना शाखाका प्रमुख प्रकाश कुमार थिङको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सभाध्यक्षता राजेश केसीले गर्नुभएको थियो ।  उहाँले संस्थाको वर्तमानको अवस्था, आफ्नो सहकारी संस्थाले दिने सेवा सुविधा र भावी योजनाको बारेमा सबैलाई जानकारी गराउनु भएको थियो ।

२०६९ असार ७ गतेका दिन गठन भएको सो सहकारीमा अहिले ७ सय ७६ कुल सदस्य संख्या रहेका छन् । 





0 comments

Write Down Your Responses