Powered by Blogger.
वृहत साहित्यिक कार्यक्रम सम्पन्न


ओखलढुङ्गा, २८ पुस । नमस्ते साहित्य परिषद, ओखलढुङ्गाले हालै एक वृहत साहित्यिक गोष्ठी आयोजना गरी देशका बिभिन्न स्रष्टाहरूलाई सम्मान, कृति विमोचन तथा कविता वाचन सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा काठमाडौंका कवि तथा गजलकार उज्ज्वल जीसीलाई महाकवि देवकोटा साहित्य सम्मान, चितवनका गजलकार पुष्प अधिकारी अञ्जलिलाई राष्ट्रिय गजल सम्मान, पोखराका दिलिप दोषीलाई युगकवि सिद्धिचरण सम्मान, मकवानपुरका बिर्खे अञ्जानलाई नमस्ते साहित्य रत्न सम्मान, स्याङ्जाका गजलकार जीवनपानीलाई युवा प्रतिभा सम्मान, बॉंकेकी सुमित्रा न्यौपानेलाई नवप्रतिभा सम्मान, ओखलढुङ्गाका गोकर्ण बानियालाई नमस्ते साहित्य समाज सेवा सम्मान प्रदान  गरिएको थियो । 

यसैगरी साहित्यसेवा गरे वापत आयोजक संस्थाले उपन्यासकार शंकर भारती र अरुण खत्रीलाई कदरपत्र एवम् अन्य उपस्थित स्रष्टाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा विष्णुदिप विकल्पको विकल्प नामक गजलसंग्रहको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा बिभिन्न आकर्षक नृत्य र गीतहरूका साथसाथै सम्मानित स्रष्टाहरू लगायत मिलन समिर,कमल अर्याल धादिङे, सुदेश सत्याल, सुनिता सापकोटा,जीवन आचार्य निश्चल, यात्री प्रकाश पाण्डे, हरिशरण अर्याल, मुना खतिवडा, पुरु लम्साल, प्रकाश किरण लगायत तीन दर्जन कवि÷कवयित्रीहरूले कविता वाचन गरेका थिए ।
नमस्ते साहित्य परिषदका अध्यक्ष विष्णु दीप संकल्पको सभापतित्व एवम् संचारकर्मी नवराज लम्सालको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्तित्वहरूका पनि उपस्थिति रहेको थियो । 

0 comments

Write Down Your Responses