Powered by Blogger.
नक्कली तथ्याङका आधारमा राहत लिनेलाई ठगी मुद्दामा कारवाही गरिने


रुपक कालिराज, पालुङ

थाहा नगर, २९ पुस । मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले नक्कली तथ्याङका आधारमा मकवानपुरको नक्कली भूकम्प पीडितको नाममा राहत लिए त्यस्ता व्यत्तिलाई ठगी मुद्दामा कारबाही गरिने बताएका छन् । 

भूकम्पले बढी प्रभावित थाहा नगर पालिकामा भएको कार्यक्रममा उनले वाश्तविक पीडितले राहत नपाउने र क्षती नभएकाहरुले पाउने गरेको गुनासो आएको उल्लेख गर्दै आफूले यो कदममा नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । 

हाल सम्म मकवानपुर जिल्लाका भूकम्प पिडितहरुलाई १० करोड राहत रकम वितरण गरिसकेको र अझै २० वटा गाविसमा जान बाँकी रहेको बताउनु भयो । भूकम्प पिडित क्षेत्रमा परेको उनको भनाई थियो ।

थाहा नगर पालिकाको तेस्रो थाहा नगर परिषद कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थपलियाले उपप्रधानमन्त्री चित्रबहादुर केसी र सो क्षेत्रका सांसद रामनारायण बिडारीलाई साछी राखेर भने, ‘म वाश्तविक पिडितहरुलाई मात्र इमान्दार भएर राहत रकम लिनका लागि अनुरोध गर्छु ।’ 

थपलियाले भूकम्प पिडितको राहत तथा पुनर्निर्माणको लागि प्राधिकरण गठन भई सकेको अवस्थामा राहत वितरण व्यवस्थित हुने बताए । 

मकवानपुरमा १३ हजार निवेदन परेको बताउदै भूकम्पले क्षति पु¥याएका भूकम्प पिडितले भन्दा पनि भूकम्पविहिन पिडितले पाएकोले पुनः अनुगमन गर्दा सहि नभएको खण्डमा ठगि मुद्दामा कारवाहि हुने उनको भनाई थियो । 

त्यसो त थाहा नगर पालिकाको साविक बज्रवाराही गाविस तथा हालको  ११ देखि १५ वडा सम्मका तथ्याङ संकलन गर्न आएको टोलीले वाश्तविक पीडितको घर घरमा पुगेर भन्दा पनि जाँड भट्टीमा बसेर मनोमानी तथ्याङ संकलन गरेको थियो ।

वडा नागरिक मञ्चका संयोजकहरुले राजनीतिक आस्थाका आधारमा पनि आंशिक वा पूर्ण क्षती कायम गराएका थिए । 

अझै पनि पहँुचवालाहरुको भूकम्पले  केही क्षती नभएका ३ वटै घर पूर्ण क्षती कायम गरिएका छन् भने श्रीमान श्रीमती मात्र भएको घरमा पनि एउटै घर फरक फरक नाममा पूर्ण क्षती कायम गर्नेदेखि लिएर अंशवण्डा नभएका भाइहरुको नाममा पनि एउटै घर सबैले पूर्णक्षतिमा कायम गरेका छन् ।

वडाका नागरिक मञ्चका संयोजकलाई यसबारेमा प्रश्न गर्दा आफूहरुले ‘घर मात्र देखाइदिएको, सबै काम प्राविधीक टोलीले गरेकाले आफू अनभिज्ञ रहेको’ जवाफ दिने गरेका छन् । 

तर नगर जिल्लाको टोलीले टिपोट  गरिएको प्रत्येक फारम पटक पटक केरमेट गरिएकाले कुनै वैज्ञानिक मापदण्डविना मनोमानी ढंगले तथ्य संकलन गरिएको प्रष्ट छ ।

स्थानीयले एकपटक पुन टोली ल्याएर अनुगमन गर्न आग्रह गर्दा नगरपालिका र राजनीतिक दलका प्रतिनिधीले वेवाूता गर्दै आएका छन् । 

राजनीतिक दलका प्रतिनिधीहरुको भने कसैको पनि आशिंक क्षतिमा समावेश नगरी केही नभएका घरपनि पूर्णक्षती कायम गरिएको छ ।



0 comments

Write Down Your Responses