Powered by Blogger.
विज्ञ डा.चन्द्रमणि अधिकारीको टिप्पणी ‘देशको सन्दर्भमा समयको क्रुरता र उल्टो बहाव’

डा.चन्द्रमणि अधिकारी
अहिले अति विशिष्ट भनिने व्यक्तिहरूले लिने र दिने सुविधाबारे खुब चर्चा परिचर्चा र टीकाटिप्पणी भइरहेको छ । देश र जनताको स्थिति पनि नाजुक छ, निकै प्रतिकूलताबाट गुज्रिरहेको छ । 

यस्तो बेलामा लिने दिने सबै गम्भीर हुनुपर्छ । राम्रो कुरा सबैबाट सिक्नुपर्छ, त्यसबाट दोष लाग्दैन । रहनसहन र जीवनशैलीको कुरा गर्दा तत्कालीन राजा वीरेन्द्रको जीवनशैलीको विषयमा सुन्दा र पढ्दा अत्यन्त सादा र सरल रहेको भन्ने बुझिन्छ । यो कुरा नजिकमा रहने र स“गै काम गर्नेलााई बढी जानकारी होला । 

एउटा आलेख पढ्दा नारायणहिटी दरबार संग्रहालयका उपप्रमुख रोहित ढुंगानाले ‘मध्यमवर्गका मानिसको घरका बाथरुमभन्दा फरक देखिन्नन्, राजा वीरेन्द्रले प्रयोग गर्ने श्रीसदनका बाथरुम’ भनेका रहेछन् । लवाइ, खवाइ र बसाइका व्यवहार सादा भए विचार पनि उच्चगुणस्तरको आउ“छ भन्ने भनाइ छ, बुढापाकाको । 

एउटा कालखण्डमा चेतना र समयले राजनीतिक परिवर्तन माग्यो । राजनीतिक परिवर्तन पनि भयो, गणतन्त्र पनि आयो, लोकतन्त्र पनि आयो । यसैको आधारमा मात्र पहिले गरे भएका कुरा सबै नराम्रा हुन् भन्नुभन्दा राजहा“सले दूध र पानी छुट्याएझैं राम्रा कुरा ग्रहण गरे मात्र समयले मागेको राजनीतिक उपलब्धिको संरक्षण होला, संस्थागत भएर जाला, दिगो भएर जरो गाड्ला । 

मूल राजनीतिको दिशा परिवर्तन हाम्रो लक्ष्य थियो, त्यो भयो । मूल कुराबाहेक समाजका विविध आयाम तथा अन्तरकुन्तरमा राम्रा कुरा पनि थिए । तिनको पहिचान गरी ग्रहण गर्दा केको लाज ? राम्रो कुरा लिऔं । नराम्रा कुरा त्यागौं । अन्यथा बुझ्नुपर्ने कुरा के भने समय अत्यन्त दयालु पनि हुन्छ, क्रूर पनि हुन्छ । 

हाम्रा क्रियाकलाप र व्यवहार समयअनुरूप, आम जनचेतनाअनुरूप र नया“ पुस्ताको समन्यायको चाहना र भावनाअनुरूप भएन र आम जनताभन्दा पृथक् राख्न खोजियो भने, आफूलाई जनता भन्दा विशिष्ट र अति विशिष्टको कोटिमा दर्ज गर्न खोजियो भने, अनि त्यो पंक्तिलाई लम्ब्याइ“दै गइयो भने त्यो विशिष्टताले हिजो जनताका प्रतिनिधिपात्र मानिएकाहरू जनताबाट झन् टाढि“दै जाने जोखिम बढ्छ । 

अनि हिजोको चेतनाले जसरी परिवर्तन माग्यो, त्यसैगरी अर्को परिवर्तनको चाहना बढ्यो वा नदी उल्टो बग्न थाल्यो भने कसैलाई दोष दिएर मात्र विषयले सही बाटो पाउन सक्दैन । समयले आफ्नो क्रूरता कसमाथि देखाउने हो, त्यसको आ“कलन अहिले नै गर्र्नु बुद्धिमानी ठहर्छ । भनिन्छ, विवेकी र बुद्धिमान मानिसले पढेर, देखेर र सोचर घटनाबाट नोक्सानी नभई समयलाई आफ्नो पक्षमा ल्याउ“छ । कम बुद्धिमानले नोक्सानी बेहोरेर प्राप्त अनुभवपछिको समयलाई मात्र आफ्नो पक्षमा ल्याउ“छ ।

मूर्खले आफ्नो पक्षको समयलाई पनि विपक्षमा धकेल्छ । तसर्थ, देश र मानिसको सफलताका लागि नेतृत्व पंक्तिमा बुद्धि र विवेक अनि शक्ति गरी तीन कुरा हुनुपर्छ । शक्ति भनेको साधन पनि हो । त्यसैले हामी पहिलो कोटिमा पर्ने गरी आफ्नो व्यवहारमा परिवर्तन गरौं, बुद्धि र विवेक प्रदर्शन गरौं । वुद्धि र विवेक स“गै भएमा शक्ति आफैं आर्जन हुन्छ । राजनीतिक व्यवहार र विकासको गतिलाई ‘एन्टिक्लकवाइज’ जान दिनु हु“दैन । अन्यथा हामी मूर्ख कहलिनेछौं ।

0 comments

Write Down Your Responses