Powered by Blogger.
डेढ लाख शेयर हालेर साढे ३ लाख बेरुजु नतिर्नेले मलाई सुरुङ मार्गबाट हटाउने नैतिकता छैनः जोशी


काठमाडौँ, २१ माघ । हेटौँडा सुरुङ मार्ग निर्माण गरेर विकासको आयाम ल्याउने भन्दै अघि सरेका व्यवसायीहरू आफैं फुटमा लागेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीलाई अघि सारेर उनकै नेतृत्वमा केही व्यवसायी र केही जनप्रतिनिधिले कम्पनी खडा गरे पनि अन्ततः दुई गुट खडा भएपछि जोशीलाई पाखा लगाउने षड्यन्त्र भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीमा जम्मा १० हजार रुपैया“ सेयर हालेर सञ्चालक भएका कुलेखानी गाविसका पूर्वअध्यक्ष राजुमान महर्जनले कुशकुमार जोशी हटाउन भन्दै संघर्ष समिति नै गठन गरेर अभियान थालेका थिए । बोर्ड बैठकमा तीव्र दबाबपछि उपाध्यक्ष लालकृष्ण केसी, सदस्य सुभाषचन्द्र ठकुरी लगायतले जोशीलाई कम्पनीबाट बाहि¥याए नया“ लगानी भित्रिन सक्ने भन्दै कम्पनीबाट राजीनामा दिन भनेका थिए ।

होटल अन्नपूर्णमा बोर्ड बैठक चलिरह“दा गेटमै एक हुल मान्छे लगेर होटल घेर्न लगाएर राजीनामा नदिए बाहिर निस्कनै नदिने भन्दै केसी र ठकुरीले कापेमा पारेर जोशीलाई घरायसी कारण भन्दै राजीनामा दिन र सोही अनुसार ड्राफ्ट गर्न बाध्य पारेका थिए । जोशीले नया“ लगानीकर्ता ल्याउने ग्यारेन्टीको सर्तमा अर्को बोर्ड बैठकसम्म नया“ लगानी आए राजीनामा दिने अन्यथा आफैंले लगानीकर्ता खोजेर कम्पनी चलाउने तर छोडेर नभाग्ने प्रतिबद्धता जनाएका थिए ।

तर, एक्कासि एक हुल गुन्डा लगेर गोप्य सिलबन्दी पत्र जबर्जस्ती खोलेर आफ्ना विरोधीहरूले मिडियामा लगेको भन्दै जोशीले  गुनासो गरे । उनले भने, ‘आन्तरिक सहमति भए पनि मैले छोडिसकेको छैन, कसले छोड्ने वा नछोड्ने भन्ने कुरा आगामी माघ २७ गतेको बोर्ड बैठकले निर्णय गर्छ ।’

त्यसो त मकवानपुर–२ का सांसद सुभाष ठकुरी पनि डेढ लाख रुपैया“ लगानी गरेर सञ्चालक भएका हुन् । ठकुरीका बारेमा जोशीले भने,  ‘सुभाषले एक लाख रुपैया“ हालेका हुन्, त्यसमा ५० हजार मैले नै हालिदिएको हु“ तर डेढ लाख लगानी गर्नेकै साढे ३ लाख बेरुजु छ ।त्यस्ताले मलाई हटाउछु भन्दै हिँड्न अलि सुहाउँदैन की ?’



उपाध्यक्ष केसीको फुलब्राइट कन्सल्टेन्सीले आफैंले डीपीआर तयार पार्ने काम गरेर करोडौं रकम विनाप्रतिस्पर्धा खर्च गरेको छ भने सञ्चालकहरूले विदेश भ्रमण, बैठक भत्ता र अन्य बहानामा ठूलो रकम खर्च गरेर अधिकांश बजेट सञ्चालन खर्चमै सकाएका छन् ।

जोशीलाई हटाएर सुमार्गी परिवारलाई सुरुङ मार्गमा भित्र्याउने योजना अनुरुप नै जोशीविरोधी अभियान सुरु भएको बताइन्छ । अहिले कम्पनीको अध्यक्ष जोशी, उपाध्यक्ष केसी तथा सदस्यहरूमा ठकुरी, भवन भट्ट, प्रदिपजंग पाण्डे, नुगलआनन्द वैद्य, भुवनलाल श्रेष्ठ, जयराम लामिछाने, शबुन्ताललाल हिराचन र सनद न्यौपाने रहेका छन् । त्यसमध्ये लामिछानेले पहिल्यै राजिनामा दिएका थिए । जोशीले बजेट खोज्न नकसेकाले लगानीकर्ता खोज्न अर्को व्यक्तिलाई अध्यक्ष बनाउनकै लागि आफूहरूले आन्दोलन गरेको महर्जनले बताए ।

त्यसो त अर्का चर्चित व्यवसायी विक्रम पाण्डेले पनि केही पहिले नै आयोजनाबाट हात झिकिसकेको समाचार बुधबार साप्ताहिकले लेखेको छ ।


0 comments

Write Down Your Responses