Powered by Blogger.
कोरीयामा कामलाई सानो ठूलो मानिँदैन

हरि बस्नेत, सञ्चालक, अवन्ते एकेडेमी, पुतली सडक
सोलुका हरि बस्नेत एक दशक कोरिया बसेर नेपाल फर्किएपछि अहिले कोरीया जानेहरुलाई भाषा पढाइरहेका छन् । पुतलीसडक स्थित अवन्ते एकेडेमीका सञ्चालक बस्नेतले पुस्तक पनि प्रकाशन गरेका छन् । 

पुतलीसडक बाहेक भक्तपुर र चाबहिलमा शाखा समेत रहेको अवन्तेमा भाषा सिक्नेहरुको लर्कन लाग्ने गरेको छ । बिभिन्न सामाजिक काममा समेत सक्रिय बस्नेत कोरीया जानेहरुलाई केही टिप्स दिन चाहन्छन् । के छन् त उनका टिप्स ? प्रश्तुत छ  दामन पोष्टले उनीसंग गरेको कुुराकानीः 

दिनचर्या कसरी बित्दैछन् ?

हाल बिहानदेखि बेलुकासम्म इन्स्टिच्युटमै व्यस्त छु । इपिएस भाषा परिक्षालाई केन्द्रीत गरेर कोरियन भाषको किताब लेख्दैछु । 

व्यस्तताकाबीच कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

एकदमै सन्तुष्ट छु । मैले कोरिया बसेर सिकेर आएका धेरै कुराहरु अरु सामु बाँड्न पाइरहेको छु । यहि नै मेरो लागि खुसीको कुरा हो ।

बाल्यकाल कसरी बित्यो ?
बाल्यकाल त त्यस्तै हो । हाँस्यो खेल्यो बित्यो । विकट पहाडी जिल्ला सोलुखुम्बुमा दुखमै हुर्कीएँ ।

बदमासी कत्तिको गर्नुहुन्थ्यो नी बाल्यकालमा ?

बदमासी त गरिन । खासै यादै छैन । बुबाको गोजीबाट एक रुपिंया पनि पैसा चोरिन । 

पढाइ कहाँ सम्म पु¥याउनुभयो ?

कमर्शमा व्याचलर सकाएको हुँ । 

झण्डै एक दशक कोरीयामा बिताउँदा के पाउनुभयो कोरीयन र नेपालीबीचको फरक ?

कोरीयामा वाश्तविक मान्छे बसेका रहेछन् । नेपालमा वाश्तविक मान्छे नै छैनन् जस्तो लाग्यो । आफैं नेपाली भएर मलाई यो कुरा भन्न अफ्ठ्यारो लागिरहेको छ तर मानिस विकसीत हुन सकारात्मक सोच हुनुपर्छ । नेपालीहरु अरुको कामको कुरा काटेर बस्छन् । कोरीयनहरु काम गरेर बस्छन् । यही हो फरक । 

कोरीयामा बसौं जस्तो लागेन ?

भिसाको कुरादेखि अन्य प्रक्रियाहरु सबै मिलाउनुपर्ने हुन्छ । सबै कुरा चाहेर मात्र हुँदैन ।

तपाईको बुझाइमा कोरियाको मुख्य विशेषता के हो ?

कोरीया एउटा स्वर्गको पाटो रहेछ । यस्तो विकसीत भइसकेको छ की आजैबाट हामीले सुरु गर्ने हो भने पनि सय वर्षमा पनि नेपाललाई कोरीया जस्तो बनाइसकिँदैन । यत्ती हो कि कोरया राम्रो र रमाइलो छ । 

के नेपालीहरु त्यहाँ गएर सहज अनुभव गर्न सक्छन् त ?

नेपालीहरुको लागि कोरीया सहज, सुरक्षित र सबै कुरा व्यवस्थित भएको देश मैल मानेको छु । तर कतिपय अवस्थामा कत्तिको सहज बनाउने भन्ने कुरा आफैमा भर पर्छ । 

त्याहाँ त आन्तिरक कलह छ नि छिमेकी दुई देशको ?

त्यो आन्तरिक कलह भनेको कोरीया सरकारको मामला हो । नेपाली कामदारहरु यसमा आत्तिनु पर्दैन । 

कामदारहरु मेसिनले च्यापिएर मरेका खबरहरु सुनिन्छन् नी कोरीयामा धेरै ?

धेरै कम्पनी र धेरै कामदार भएपछि छिटफुट अप्रिय घटना त हुन्छन् नै । त्यसलाई सामान्य रुपमा लिनुपर्छ । नेपालमा गाडीले किचेर दिनमा कयौं मान्छे मर्छन् । त्यसको लेखाजेखा नै छैन । यस्ता घटना सुनेर हतोत्साही हुने कुरै छैन । 

भनेपनि सामान्य रुपमा लिनुपर्ने रहेछ यस्ता घटनालाई होइन ?

हो त्यही नै सत्य हो । नेपालमै पनि कोरीया जानुअघि त्यहाँका विषयमा सानातिना तालिम र ज्ञानको बोध गराएरै पठाइन्छ । कोरीयनले कुनै जोखिम ठाउँमा  काम गर्न तत्काल विदेशीलाई पठाइ हाल्दैन । उनीहरुले आफैं अध्ययन गरेर मात्र यि सब काम गर्छन् ।

नेपालीहरुले त्यहाँ ए ग्रेडका काम पनि पाउँछन् ?

प्राय नेपालीहरु कोरीयामा मध्यम र साना काम गर्छन् । तर कोरीयामा कामलाई सानो ठूलो मानिदैन । पिएन भन्ने पद नै हुँदैन । बिहान ६ बजे उठेर हाकीमले आफ्नो कार्यालयको सफाई आफैंले गर्ने हो । 

अहिले सरकारले लागू गरेको इपिसी सिस्टम कत्तिको प्रभावकारी छ ?

यो एकदमै प्रभावकारी छ । यसमा कुनै शंका उपशंका छैन । यसमा कसैले पैसाको बार्गेनिङ गर्न सक्दैन । विद्यार्थी केवल पढ्न र उच्च अंक ल्याउन सक्नुप¥यो । 

अवन्ते एकेडेमीबारे केही कुरा बताइदिनु न ?

मैले वर्ष दिन अघि मात्र खोलेको हुँ । मैले खास त निशुल्क भाषा सिकाउने सोच राखेको थिएँ । तर ठाउँ र परिस्थितिले साथ दिएन । जे होस् मैले अवन्ते खोल्नुको मुख्य उद्देश्य नै भाषा सिक्नेहरुलाई सहज वातावरण दिनु हो । लगानी अनुरुप केही हुल्क त लिनैपर्छ तर अन्यत्र भन्दा सस्तो छ । 

पुस्तक पनि प्रकाशन गर्नुभएको रहेछ ?

हो, मैले नाम वा दामका लागि भन्दा पनि  जानेका कुरा शेयर गरौं भनेर पुस्तक लेखेको हुँ । यसैलाई लिएर नाम कमाएँ भने खुसी नै हुनेछु । तर मेरो उद्देश्य सहजताका लागि हो । अवन्तेमा पढ्नेहरुका लागि निशुल्क वितरण गरेको छु । 

आर्थिक अवस्था न्युन हुनेहरुलाई सहुलियतमा पढ्ने व्यवस्था छैन ?

कोरीयन भाषा सिक्न चाहने तर आर्थिक अवस्था कमजोर हुनेहरुलाई केही सहुलियत होइन निशुल्क नै पढाइदिन्छु । तर सबै गरिव भन्दै आउने खतरा छ त्यसैले कि मैले आफैंले देख्नुप¥यो की शिफारीश पत्र लिएर आउनुप¥यो । शिफारीश पत्र लिएर आएकालाई मैले नाँईनास्ती गरेको छैन । 

लागत कति लाग्छ कोरीया जान ?

लागत र आम्दानीको कुरा गर्ने हो भने धेै सस्तो छ । डलरको भाउ घटबढले हेरफेर होला तर नेपालीले बढीमा १ लाख ५० हजार भनदा बढी खर्च गर्न नपर्ला । 

अन्य एकेडेमी छाडेर अवन्ते नै रोज्नुपर्नाको कारण के होला ?

यहाँ म आफैं पढाउँछु । प्रोजेक्टर कक्षा, श्रव्य दृश्य कक्षाको व्यवस्था छ । म सिक्ने सिकाउने  निश्चीत समय भन्दा बढी सिक्न चाहेमा पनि सिकाउन तयार छु । यहाँ आएर पढ्नेहरु ९० प्रतिशत पास हुने ग्यारेन्टी छ । 

प्रश्तुतिः सुभाष केसी, मधुरकवि उपाध्याय




0 comments

Write Down Your Responses