Powered by Blogger.
परिक्षणकालिन एमालेलाई प्रशिक्षण


हेटौडा, २२ माघ । नेकपा एमाले हेटौंडा उप महानगर पालिका वडा नम्मर १५ चुरियामाईमा परिक्षणकालिन सदस्य तथा पुराना पार्टी सदस्यलाई प्रशिक्षण गरिएको छ ।

एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता तथा वडा कमिटी अध्यक्ष मनोज वाइबाको सभाध्यक्षतामा प्रशिक्षण भएको हो । पार्टी संगठन सुदृढिकरण अभियान अन्र्तगत भएको प्रशिक्षण कार्यक्रममा पार्टी निर्माणका सन्दर्भमा जिल्ला अध्यक्ष सिग्देल, जनताको बहुदलीय जनवाद(जबज) र लोकतान्त्रिक गणतन्त्रबीच अन्तर सम्बन्धका बारेमा जिल्ला कमिटी सदस्य तिलक अधिकारी तथा विकास निर्माण र पार्टीको काम सन्दर्भमा ३ नम्मर क्षेत्रीय अध्यक्ष रघु आचार्यले प्रशिक्षण दिएका थिए ।
पार्टीको अभियान अन्र्तगत चारै निर्वाचन क्षेत्रमा परीक्षणकालिन सदस्यहरुलाई प्रशिक्षण भइरहेको र एमाले जनतामाझ पुगिरहेको अध्यक्ष सिग्देलले बताइन् । 

0 comments

Write Down Your Responses