Powered by Blogger.
उत्तरी मकवानपुरका किसान आलु रोप्न व्यस्त, तेब्बर उत्पादन हुने भए पछि आलुखेतीमा मोह

रुपक कालिराज
पालुङ, २५ माघ । उत्तरी मकवानपुरको थाहा नगरपालिका लगायत आसपासमा अहिले आलु खेती गर्ने मौसम सुरु भएकाले किसानहरु आलु रोप्न खेतबारीमा व्यस्त छन् । आलु आम्दानीको सजिलो स्रोत भएकाले पनि सबैले आलु खेतीमा जोड दिएका हुन् ।  

यस क्षेत्रमा मकै, धान, काउली, बन्दाकोभी, भिँडे खुर्सानीका साथै अधिकाश किसानले अत्याधिक मात्रामा आलु खेती गर्छन् । अरु खेती भन्दा आलुबाट तेब्बर आम्दानी लिन सकिने किसानको भनाई छ । रोपेको तीन महिनामा तयार हुने भएकाले यो मौसममा एउटै जग्गामा चार पटक सम्म उत्पादन गर्न सकिने थाहा नगरपालिकाका किसानहरुको भनाई छ । 

थाहा नगरपालिका २ का राजन कार्कीले गर्त वर्ष १० रोपिन जग्गामा २५ बोरा आलु रोपेका थिए ।  तर उनले  ९० क्विन्टल बिक्री गरे ।  ९० क्विन्टल बिक्री गर्दा १ लाख ४५ हजार रुपिंया बरावरकोे आम्दानी गर्न सफल भए ।  उनले सो रकम  बालबच्चाको पढाईमा खर्च गरे । राम्रो उत्पादन हुन सके १ प्याकेट बराबर ८ प्याकेट सम्म फल्ने ढकालले जानकारी दिए । उनी भन्छन्, ‘आलु खेतीबाट राम्रो आम्दानी हुन्छ । यसैबाट घरको सबै खर्च धान्न पुगेको छु ।’
  
आलुबाट आम्दानी धेरै र खेती गर्न सजिलो भएको थाहानगरपालिका वडा नम्मर ८ का अम्रिता तामाङले बताइन् । उनले ६ रोपनी खेतबारीमा आलु खेति लगाएकी छिन् । अचेल उनी जस्तै गाउँका सबै किसान आलु खेतीको लागि खेतबारीमा व्यस्त छन् । आलुलाई १२ महिना नै सञ्चय गर्न सकिने र बजार भाउ उच्च भएको बेला बेच्न भएकाले धेरै किसानले आलु लगाउने गरेका हुन् । ‘आलु नबिक्लाकी भन्ने डर हँुदैन’ अर्का किसान सुजन गोपालीले भने ।

अरु खेती छाडेर  १२ रोपनी बारीमा आलु लगाएको सुजनले बताए । गत वर्ष २ लाख भन्दा बढि आदामी भएको र यस वर्ष पनि मौसमले साथ दिएमा गत वर्षको भन्दा बढि हुने लक्ष्य राखेको उनले बताए ।त्यस्तै आग्रा ७ चौबासका बलराम मोत्तानले २५ रोपानीमा ६० प्याकेट आलु रोपेका छन् । गत वर्ष बेलामा पानी नपरेपछि कमी फलेको र आलुको मुल्य पनि उचित नपाएकोले चिन्चित मोक्तानले आकाशे पानीको भरमा खेति गर्दै आइरहेको बताए । बेलैमा पानी परेमा पक्कै पनि राम्रोे फल्ने विश्वास उनको विश्वास छ । 

त्यस्तै आग्रा खलडाडाका अर्का किसान मानबहादुर मोत्तान पनि गत वर्ष भन्दा १० क्विन्टल बढि रोपेको बताउँछन् । मौसमले साथ दिएमा राम्रो उत्पादन हुने र आर्थिक  संकटबाट केहि भए पनि राहत मिल्ने उनको आशा छ । आग्रा खर्क टोलका सुशिला थिङले पनि  १२ रोपानीमा आलु खेति गरेको बताउदै सो आलुबाट आएको रकम गाँस, बास कपासको साथै बाल बच्चालाई पढाउनको लागि खर्च बताउँछिन् । 

भूकम्प पिडित सन्तमाया मोत्तान पनि सबै छिमेकीसँग हातेमालो गर्दैै आलु रोप्ने काममा व्यस्त छिन् । उनले १५ रोपनीमा आलु लगाएको कुरा सगर्व बताइन् ।  भूकम्पले गर्दा आलुको बिउ राख्नको लागि असजिलो भए सँगै बिउ पनि बिग्रिएकोले अलि चिन्तित भएको उनको भनाई छ । 

नाकाबन्दीले गर्दा तरकारी कुहिएर फाल्नु पर्ने अवस्था रहेको थियो ।  त्यस तर्फ सरकारले कुनै चासो नदिएको प्रति गुनासो गर्दै हाल मलको मुल्य बढेको र त्यसले गर्दा किसानलाई मर्का परेको कृषहहरुले बताएका छन । 
सिञ्चाइ को सुबिधा नहुँदा आकाशे पानीको भरमा आलु रोप्नु पर्ने भएकोले बेलामा पानी परेमा आलु खेति राम्रो हुने र पानी नपरेको खण्डमा आलु खेति नफस्टाउने कृषकहरुको भनाई छ । आग्रा गाविसमा करिब ५ सय ६५ टन आलु बर्सेनि उत्पादन हुँदै आइरहेको बिष्णु गोलेले बताए ।

आलु अधिकाँश तरकारीमा बाह्रैमास मिसाएर खान सकिने भएकाले जतिबेला पनि बिक्ने गर्छ । त्यसैले मकवानपुरको उत्तरी भेग लगायत आसपासका गाविसका प्राय किसानले आलु खेती गर्छन । यसलाई धेरै पहिले नै सरकारले आलु खेतीको लागि पकेट क्षेत्र घोषणा गरेर विशेष प्राथमिकता पनि दिएको थियो । यहाँबाट प्रत्येक वर्ष करिव २० देखि २५ हजार टन भन्दा बढी  आलु उत्पादन हुने सफल तरकारी व्यवसायी संघ उत्तरी क्षेत्र मकवानपुरका अध्यक्ष राजेन्द्र बिडारीले जानकारी दिए । 

आलु नगदे बाली भएकाले सबै किसानले सजिलै आम्दानी गर्न सक्छन् । बिक्रीका लागि रक्सौलदेखि भारतसम्मका व्यापारीहरु खेतबारीमा आउने गरेकाले बजारको कुनै समस्या हुँदैन ।  त्यसो भएकाले पनि विगत देखिनै सबै किसान आलु खेतीमा आकर्षित भएका हुन् ।

धेरै वर्ष देखि खेति गर्दै आईरहेको भए पनि हाल सम्म २० प्रतिशत कृषकले मात्र प्राविधिकको सल्लाह बमोजिम खेति गर्दै आइरहेको दामनका कृषि प्राविधिक मुधुसुदन आचार्यले बताए । विगतको दिनहरुमा भन्दा बढि सेवा केन्द्रमा आई सल्लाह लिइ रहेको उनको अनुभव छ । तर पनि अधिकाँश कृषकलले पुरानै प्राविधिबाट खेति गरिरहेको उनी बताउँछन् । 

थाहा नगरपालिकाका लगायत आसपासका कृषकलाई बजेटको अभावले गर्दा प्रर्याप्त तालिमहरु दिन नसकेकोले पनि सोचे जस्तो आलु उत्पादन नभइरहेको उनले बताए ।  बजेट पर्याप्त भएको खण्डमा यस क्षेत्रका कृषकलाई छिटै नै आधुनिक खेति तर्फ लैजान सकिने उनी बताउँछन् ।
   
कृषकका समस्यालाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य सघ उत्तरी क्षेत्र समितिले थाहा नगरपालिका लगायत आसपासका कृषकहरलाई ट्याक्टर प्रयोग गरि खेतबारी खनजोत गर्न भनेर डिजेल वितरण गर्दा कृषकको मुखमा हाँसो छाएको थियो । 

बजारमा बीउको आलु किलोको ४० रुपैया पुगेको छ । खाने आलु अहिले बजारमा किलोको ३० रुपैयामा बिक्री भैरहेको छ । आलु कृषकले जिल्ला कृषि कार्यलयबाट सहयोग नपाएकाले सोचे जति आलु उत्पादन गर्न नसकिएको गुनासो गरेका छन् । 




0 comments

Write Down Your Responses