Powered by Blogger.
गोगनेका कृषक गोलभेडा खेतिबाट मनग्य आम्दानी लिन सफल



गोगने(मकवानपुर), २५ मकवानपुर । बिहान झिसमिसेबाटै बारीमा गोलभेडाको स्याहार सुसार, गोडमेल र तयार भएका गोलभेडा टिप्ने देखि बजारमा बिक्री गर्न लैजाने काम मै  व्यस्त छन् गोगने कृषि सहकारी संस्थाका व्यवस्थापक तथा समाजसेवी सुर्यबहादुर विष्ट  । 

खेतीका साथै आफ्नो व्यापारमा पनि समय दिई रहेका बिष्ट जस्तै गोगने गाविस भित्रका एक दर्जन भन्दा बढी किसानहरुको पछिल्लो समयको दिनचर्या यही हो । कम लगानी र सरल तरीकाबाट साँझ बिहानको मेहनतले मात्र गोलभेडा खेती गर्न सकिने भएकाले यो खेती तर्फ किसान बढी आकर्षित हुन थालेका हुन् ।

गोगने गाविसका सुर्यबहाुदर बिष्टले थालेकोे यो खेती अहिले व्यवसायिक हुँदै गएको छ । तरकारी उत्पादनको लागि योग्य रहेको गोगने गाविसले आफ्नो स्वरुप अब बदल्दै छ । गोगने गाविसमा काउली, मुला, बन्दाकोभी लगायतको तरकारी अहिले उत्पादन हुदै आएको छ । 

भण्टा, माछे÷पिरो खुर्सानी, प्याज यहाँको बैकल्पिक तरकारी बालीको रुपमा अघि सरेको छ । यसवर्ष गोगनेमा विनोद बिष्ट, रामबहादुर गोले, विदुर विष्ट, केदार पौडेल, राम विष्ट ,हिरा विष्ट लगायतले बढि परिमाणमा गोलभेडा खेती गरेका छन् ।  उनीहरुले बालबालिकाको क्षेत्रमा देखि विभिन्न सहकारी संस्थामा समेत काम गर्दै आएका  छन् । 

गोगने गाविस वडा नम्मर २ का हिरा बिष्टले गाउँदेखि जिल्ला सम्म विभिन्न सामाजिक कार्यक्रममा समेत समय दिइरहेका छन् । गाविस भरीमै सबै भन्दा बढि गोलभेडा उत्पादन गर्ने सुर्यबहादुर बिष्ट पनि खेतीले अन्य काममा बाधा नपरेको बताउँछन् ।  यस वर्ष नाकाबन्दीले असर गरेता पनि गोलभेडा खेती तर्फ त्यति असर नगरेको र प्रायः जसो नजिकैको ठाउँहरुमा बिक्री वितरण हुनुको साथै यस थोरै मात्रमा हेटौडा, काठमाण्डौ, धादिङ लगायतका ठाउँमा बिक्री हुने गरेको उनीहरु बताउँछन् ।  

विष्टका अनुसार गोगने गाविसमा व्यावसायिक रुपले गोलभेडा खेतीको सुरुवात गर्ने पहिलो व्यक्ति उनी आफैं हुन् । व्यावसायिक तरीकाले बेमौसमी गोलभेडा खेती गर्दै आएका विष्टले गत वर्ष २ रोपनीमा एक लाख बरावरको गोलभेडा बिक्री गरेका थिए भने यो वर्ष पनि बारीमा डेड लाख रुपैयाँ बराबरको आम्दानी हुने लक्ष्य रहेको बताए । 

गोलभेडा खेतीसँगै अरु के–के गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँ भन्छहुन्छ ‘हामी किसानहरु जताबाट फाइदा हुन्छ, त्यही खेती अपनाउनु पर्दछ । हामीले पुर्खाको पालाबाट परम्परागत खेतीलाई जोड दिँदै आएका छौं, तर परम्परागत खेती धान, मकै, गहुँ, कोदोबाट बढी आम्दानी नहुने कारणले मैले परम्परा खेतीलाई तोड्दै व्यवसायिक गोलभेडा खेती गरेको हुँ । मौसम अनुसार तरकारीे खेती गर्ने हो भने पैसा कमाउन दुःख छैन र विदेश जानु पदैन । 

‘यस बाहेक म सामाजिक क्षेत्रमा पनि समय दिन्छु ।’ गोगने गाविस वडा नम्मर २ का  हिरा विष्टले पनि गोलभेडा खेतीबाट राम्रो आम्दानी लिएको बताउँछन् । पछिल्लो समय बजारमा गोलभेडाको माग पनि उत्तीकै रुपमा बढेको छ । उनले  हाल गोलभेडा सँगै च्याउ खेति समेत गरेका छन् । गोलभेडा दैनिक रुपमा अचार, सलाद र काँचै पनि खाने गरिन्छ । यसबाट पर्याप्त मात्रमा भिटामिन सी पाइने भएकाले पनि यसको महत्व बढेको पाइन्छ । 

गोलभेडा खेतीलाई एक पटक लगाए पछि निरन्तर रुपमा लामो समयसम्म टिपिरहन पाइने भएको र काम गर्न खासै झन्झट नहुने हँुदा आफु पनि यस खेति तर्फ आकर्षित भएको राम बहादुर गोलेले बताए । गोलभेडा किसानका अनुसार गोलभेडा वर्षमा दुई पटक राम्रोसँग गर्न सकिन्छ । चैत महिनादेखि मंसिर महिनासम्म बेमौसमी गोलभेडा खेती गर्न सकिन्छ भने अन्य सिजन गोलभेडाको सिजन मानिन्छ । 

‘गोलभेडा खेती सबै प्रकारको माटोमा हुन्छ तर सकभर मलिलो पानी लाग्ने र दोमट किसिमको माटो भएको जमिन उपयुक्त मानिन्ने कृषि प्राविधिक तथा जनप्रिय प्राविधिक शिक्षा हटियाका शिक्षक विदुर सापकोटाले बताए । 
रुपक कालिराज



0 comments

Write Down Your Responses