Powered by Blogger.
सन्देशल ल्याए संगीतको आकाशमा ‘आवर्तन’


काठमाडौं, २७ माघ । गायक सन्देश पाठकको पहिलो एल्बम ‘आवर्तन’को विमोचन गर्दै गायक प्रेमध्वज प्रधान, अभिनेत्री गौरी मल्ल र संगीतकार धनबहादुर गोपालीले उनी राम्रो संभावना बोकेको गायक भन्दै हौसला पाए संगीत क्षेत्रमा केही गरेर देखाउने बताए । 

आफ्नो पहिलो एल्बम ‘आवर्तन’ लिएर नेपाली संगीत आकाशमा उदाएका उनी सोमबार राजधानीको थिएटर भिलेजमा निक्कै उत्साही देखिन्थे । वरिष्ठ श्रष्टासंगै मञ्चमा बसेका उनी साथीभाई र परिवारको साथ पाएर झनै प्रफुल्लित देखिन्थे ।  

‘आवर्तन’मा संगीतप्रेमीहरुका लागि बेग्ला बेग्लै धारका ६ गीतहरुको मिठास लिन सकिने एल्बमका संगीतकार जुगल डंगोलले बताए । उनका अनुसार नेपाली संगीत बजारमा श्रोताले फरक प्रकारको गीत संगीत सुन्न चाहेकोले आवर्तनमा फरक प्रस्तुति पस्किने प्रयास गरिएको छ । 

कार्यक्रमा गायक सन्देश पाठकले आफुले सानैदेखि नै संगीतका साधकहरुको जीवनी पढ्ने गरेको र उनीहरुको गीतलाई हुबहु गाउने प्रयासको प्रतिफल ‘आवर्तन’को जन्म भएको रहस्य खोले । 

उनी सानैदेखि गीतसंगीतको सौखिन भएकाले गायकहरुले गाएका गीतहरुलाई जस्ताको तस्तै गाउने कोशिस गर्थे । भने,‘यति मात्रै नभएर उनीहरुको जीवनी पनि पढ्ने गर्थे। यही कारणले होला मलाई उनीहरुको प्रभाव पर्यो, त्यसकै परिणमस्वरुप आज आएर आवर्तनको जन्म भएको छ।’

उनले विमोचन गरिएको एल्बम ‘आवर्तन’मा रहेको गीत गाएका थिए ।  आर्ट म्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका उक्त एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो।

विमोचन समारोहमा गायक प्रेमध्वज प्रधान, अभिनेत्री गौरी मल्ल, गायिका केन्जुमा सुब्बा, गीतकार अमृत केसीलगायतको उपस्थिति थियो । गायक सन्देशकी आमा गिता पाठकले आफ्नो छोराले संगीतमा देखाएको लगावका कारण आफूहरुलाई निक्कै खुसी लागेको र आगामी दिनमा पनि अनवरत पारिवारीक सहयोग हुने बताइन् ।  – सुभाष केसी





0 comments

Write Down Your Responses