Powered by Blogger.
थाहा नगरका १५ वटै वडामा एमालेको अभियान


पालुङ । नेकपा एमालेले सञ्चालन गरेको मेची महाकाली अभियान अन्तगर्त संविधानका राम्रा पक्षबारे आम जनतालाई सुुसुचित गर्दै संगठन सुदृढीकरण गर्ने काम मकवानपुर जिल्लाको थाहा नगर पालिकाको १५ वटै वडामा टोल टोलसम्म हुने भएको छ ।

सो क्षेत्रमा किसानहरु आलु रोप्ने चटारोमा परेकाले केही दिन पछि मात्र अभियान जनतासम्म लैजाने बताइएको छ । 

अघिल्लो शुक्रबार पालुङमा सम्पन नगर कमिटी र अगुवाहरुको बैठकले वडा वडा सम्म अभियान लैजानेबारे कार्ययोजना तयार गरेको छ ।
बैठकमा क्षेत्रीय कमिटीले दिएको सर्कुलर अनुसार नगरका वडा वडासम्म अभियान व्यापक बनाउनेबारे छलफल भएको थियो । 
बैठकले हरेक वडाका लागि अभियानको फोकल पर्सन, उसको सहयोगी र त्यस अभियानलाई नगर कमिटीका तर्फबाट संयोजन गर्ने संयोजक समेत तोकेको छ ।

जिल्ला कमिटी सदस्य तथा थाहा नगर कमिटी इन्चार्ज रामचन्द्र बलको प्रमुख आतिथ्यता र अध्यक्ष अच्युतमप्रसाद ढकलको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्य इश्वरलाल रुम्बा, ठुली गोले, पूर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य महेश्वर सुबेदी, क्षेत्रीय कमिटी सचिव बिमककुमार ढकाल, युवा संघका जिल्ला उपाध्यक्ष किरणमान बल, प्रेस चौतारी उपत्यका अध्यक्ष शन्तराम बिडारी, जिल्ला कमिटीका पूर्व सदस्य घनश्याम अमात्य लगायतको उपस्थिति थियो । 

कार्यक्रममा नवनियुक्त नगर इन्चार्ज, जिल्ला कमिटी सदस्य तथा अन्य अतिथीहरुलाई अध्यक्ष ढकालले कमिटीका तर्फबाट कालो टोपी र खादा लगाएर स्वागत गरेका थिए ।



0 comments

Write Down Your Responses