bank

BANK





Powered by Blogger.
२३ बर्ष बज्रबाराहीमा काम गर्दा अनुुभवहरु तीता मिठा दुबै छन्

चतुर्भुज उपाध्याय, शिक्षक
तपाँईको बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल एक प्रकारको संघर्षले भरिएको छ । बाल्यकालमा नै पिताको प्रेरणाबाट बञ्चित हुनु प¥यो । म चार वर्षको हुदाँ बुुबाको निधन भयो । काठमाडौंको अभावपूर्ण जीवन बाल्यकालको चिनारी हो । पढाईको सामान्य सिकाई घरमा नै भयो । मैले एमए सम्मको शिक्षा हासिल गरेको छु् ।

जीवनमा के बन्छु भन्ने उद्देश्य साँच्नुभएको थियो ? 

बास्तवमा जीवनको उद्देश्य यो नै हुनेछ भन्ने केही निश्चित थिएन । पढाई गर्दैजादाँ नेपाली विषयलाई नै अंगालीयो र त्यसैलाई निरन्तरता दिइयो । अघि बढ्दै जादाँ नेपाली शिक्षक बनें । नेपाली विषय लिएर पढेपछि नेपाली शिक्षक बन्ने त निश्चित नै थियो ।

कहाँ कहाँ पढाउनुभयो शिक्षक भएर ?

सर्वप्रथम मैले अध्यापन गरेको विद्यालय भनेको बज्रबाराही उच्च मावि हो  ।  म २०४६ सालमा बज्रबाराहीमा पढाउन जाँदा मलाई त्यहाँको वातावरण अलि अनौठो नै लागेको थियो । गाँउमा सरसफाईको कमी, पढेलेखेका मानिसको पनि कमी, कुनै एउटा अगुवाले जे भन्यो त्यही कुरालाई विश्वास गर्ने प्रवृति, विद्यालयमा पनि एक प्रकारको एकल निर्णय चल्ने  जस्ता कुराहरु थिए ।

 गाउँका केही शिक्षाप्रेमीहरुले मिलेर मावि सञ्चालन गर्ने प्रयास गर्नुभयो । तत्कालिन बज्रबाराही मावि भित्र एक दुुई शिक्षक बाहेक हामी १७ जना शिक्षकसाथीहरुमा राम्रो मेलमिलाप तथा सौहार्द वातावरण थियो । फलस्वरुप पढाइको बातावरण क्रमश राम्रो हुँदै गयो ।

त्यो बेलाको बज्रवाराही मावि र अहिलेको उच्च माविमा के अन्तर देख्नुहुन्छ ?

पहिलेको बज्रबाराही मावि र अहिलेको बज्रबाराही उच्च माविमा धेरै अन्तर देखिन्छ । समयसंगै परिवर्तन हुने मानवीय चाहना तथा स्वभाव अनुुसार एउटा गाँउको भीडमा उभिएको बज्रबाराही मावि फर्सिखेलको शुन्दर फाँट र खुला चौरमा २०५५ सालमा  स¥यो  । र, यसले आफ्नो स्वरुप पनि परिर्वतन ग¥यो । थहचोकमा हुुदाँ यो विद्यालय एउटा अवोध बालक झैँ उभिएको थियो भने बर्तमानमा आएर यसले एउटा तन्नेरी युुवकझैँ आफ्नो प्रशस्ती फैलाउन सफल भएको छ ।

विद्यालयमा मैले प्रत्येक प्रधानअध्यापकलाई भित्र्याए र प्रत्येकलाई रमाना पनि दिएँ । मैले २३ बर्ष पुरा बज्रबाराही उमाविमा काम गरेँ । अनुुभवहरु तीता पनि छन् र मिठा छन् । जेहोस दुवै अनुुभवले मलाई आनन्दीत तुल्याउँछन् ।

आफ्ना विद्यार्थीहरु उच्च पदमा पुग्दा कस्तो अनुभुती हुन्छ ?

बज्रबाराही उच्च माविबाट मैले धेरै विद्यार्थीहरुलाई एसएलसी पास गराएर पठाएँ । कोही शिक्षक छन्, कोही डाक्टर छन्, कोही इन्जिनियर छन्, अन्य सेवा समुहमा प्रसस्तै मेरा विद्यार्थीहरु छन् । मैले कहिल्यै पनि आफ्नो विद्यार्थीहरुलाई नराम्रो दृष्टिले हेरिन । 

सबैलाई समानताको दृष्टिले हेर्नुपर्छ भन्ने मेरो धारणा हो । शिक्षकले शिक्षण गर्दा वा सिकाई हस्तातन्तरण गर्दा पक्कै पनि कसैलाई काखा र कसैलाई पाखा गर्दैन । प्रत्येक शिक्षकले विद्यार्थीप्रति सही र सकारात्मक धारणा विकास गराउनुपर्छ । सिकाईबाट विद्यार्थीको व्यवहार परिवर्तन हुनुपर्छ, अन्यथा सिकाई हुन सक्दैन । 

यसमा विकृतीहरु के देख्नुभएको छ ?

बर्तमान शिक्षकहरुको झोले प्रवृति बढ्यो, यहाँ सम्म कि शिक्षकहरु कुनै पार्टीका सदस्य बने, जिल्ला समितीमा बस्ने गरेको देखियो । यसले के बुझिन्छ भने नेपालको शिक्षा राजनीतिको चपेटामा छ । आफ्नो मान्छेलाई जागिर खुवाउने, त्यसको लागि कुनै दलको झोला बोक्नु पर्ने जस्ता कुराहरु देखिएका छन् । 

फेरि शैक्षिक अन्योल बढेको छ । २०–२२ बर्षदेखि शिक्षकहरु अस्थायी भएर काम गरिरहेका छन् । उनीहरुको स्थायित्वको कुुनै काम भएको छैन ।  त्यसमाथि राजनैतिक चलखेलले शिक्षामा विवाद गर्नु अस्वाभाविक होइन ।

कत्तिको जस पाइन्छ यो पेशामा ?

हुन त सोच्यो भने जीवन कसैको पनि सरल छैन । सरल जीवन त त्यसैको हुन्छ जो सुन्यमा रहन्छ । त्यसमा पनि शिक्षकको जीवन अपजसी जीवन ।  छोरा–छोरी उत्तिर्ण भए भने मेरा छोरा–छोरी परिश्रम गरी पढेर उत्तिर्ण भए भन्छन् भने अनुत्तिर्ण भए भने शिक्षकले पढाएन भन्ने आवाज आउँछ ।  त्यसकाराण शिक्षकको जीवन सरल हुन्छ तर आलोचनाले भरिएको हुन्छ । अर्काको सन्तान राम्रो बनोस भन्ने चिन्ताले शिक्षकको जीवन सकिन्छ ।

तपाँईको जीवनको अभिष्ट के हो ?

म सदैव अरुको भलो चाहने व्यक्ति हँु । अर्काको दुःख पनि मलाई आफ्नै दुःख जस्तो लाग्छ । त्यसमा शिक्षक आफैँ पनि समाजसेवी हो । सकेको सेवा गर्न पाउँदा, जानेको ज्ञान बाँड्न पाउँदा मलाई आनन्द आउँछ । 

जीवनमा सपलताको श्रेय के हो ?

सफल जीवन भएको व्यक्ति भनेर कसलाई भन्ने ? मानिसका मनका इच्छा आकांक्षा अनन्त हुन्छन् । कोही पनि कहिल्यै सन्तुष्ट भएको मैले सुनेको छैन । फेरी पनि सैद्धान्तिक रुपले भन्ने हो भने जो कोही अरुलाई ठेस नपु¥याई प्रशंशित कार्य गरि सर्वत्र चर्चित हुन्छ, त्यो नै सफल हो । जीवनको सफलता व्यक्तिको व्यवहारले देखाउँछ । 

अन्तमा यस दामन पोष्ट पत्रिका मार्फत भन्नै पर्ने महत्वपूर्ण कुरा केही छ ?

दामन पोष्ट मेरो आफ्नै विद्यार्थी सन्तराम बिडारीले प्रकाशीत गरेको भन्ने कुरा थाहा पाउँदा धेरै खुसी लागेको छ । सुचना तथा ज्ञान विज्ञानका धेरै ज्ञान यस पत्रिका मार्फत धेरै पाठकले पढ्ने मौका पाउँन् । यस पत्रिकाको उत्तरोत्तर प्रगति तथा समृद्धिको कामना गर्दछु । 

साथै आजका सम्पुर्ण विद्यार्थीहरुलाई विनम्रताका साथ के अनुरोध गर्छु भने शिक्षक मार्गदर्शक हुन् । गलत बाटोबाट सही दिशामा डो¥याउने प्रयास गर्छन् । असल शिक्षकले कहिल्यै पनि गलत धारण र विचार राख्दैन । शिक्षा जीवनको सबै भन्दा ठुलो र महत्वपुर्ण सम्पति हो, यसलाई बुझेर अघि बढ्नु पर्छ भन्ने धारणा मेरो छ ।

“समाजको लोचन हुन्छ शिक्षा ।
स्वार्थी घमण्डी पन हो अविद्या ।।” – ‘विधु’

प्रस्तुतिः मधुरकवि उपाध्याय




0 comments

Write Down Your Responses