bank

BANK





Powered by Blogger.
कला केन्द्रको भव्य साँस्कृतिक कार्यक्रम हुँदै, आइडलको सेमिफाइन आज


पालुङ, २ फागुन । प्रेम दिवशको अवशरमा  आज आईतवार ११ बजे शुरु हुने मकवानपुर आईडलको सेमि फाइनल राउण्डको सम्पूर्ण तयारी पुरा भएको छ ।

मकवानपुर जिल्लामा पहिलो पटक भएको मकवानपुर आईडल अन्तरगतको सेमि फाइनलकोे सम्र्पुण तयारी पुरा भएको थाहा कला केन्द्रले जनाएको छ । मकवानपुरको थाहा नगरपालिकामा अवस्थित थाहा कला केन्द्रको आयोजनामा भइरहेको मकवानपुर आईडलको सेमि फाइनल राउण्डमा १५ प्रतिष्पर्धी भिड्दै छन । 

यसै अवसरमा कला केन्द्रले संस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । साथै चर्चित गायक लालकाजी क्षेष्ठ, उत्तम थापा मगर र चर्चित गायिका मेनुका राई र स्थानिय गायक विवेक पाख्रिनको बेजोड प्रस्तुती रहने मकवानपुर आइडलका संयोजक सानोवावु मोत्तानले बताउनु भयो ।

सो सेमि फाइनल राउण्डको टप १५ बाट टप १० छानिने कला केन्द्रका उपाध्यक्ष रामकाजी महर्जनले बताउनु भयो । आइडलमा मकवानपुरका ३ सय ४७ जनाले प्रतिष्पर्धा गरेका थिए । खुल्ला अडिसनबाट १ सय १४ जना, दोस्रो चरणमा ३५ जना र तेस्रो चरणबाट उत्कृष्ट १५ छनोट गरिएको थियो । 

संयोजक मोत्तानका अनुसार प्रतियोगिताको फाइनल कार्यक्रम नयाँ वर्ष अर्थात २०७३ बैशाख १ गते थाहा नगरपालिकाको जेसिस सभाहलमा हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद र एक गीत रेकर्ड गर्न पाउने छन् । द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार र २० हजार प्राप्त गर्नेछन् ।

0 comments

Write Down Your Responses