Powered by Blogger.
प्रेस चौतारी काठमाडौंमा लोकेन्द्र केसी


काठमाडौं, १२ फागुन । प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको अध्यक्षमा लोकेन्द्र केसी चयन भएका छन् । आइतबार सम्पन्न काठमाडौं जिल्ला समितिको चौंथो अधिवेशनले केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो । 

समितिको उपाध्यक्ष विष्णु आचार्य, सचिव उद्धव थापा, सह सचिव संगम महत र कोषाध्यक्ष मुुकुन्द भुषाल निर्वाचित भएका हुन् । ३ महिला सदस्य पछि मनोनयन गर्नेगरी गठित सो समितिका सदस्यहरुमा ज्योती जिसी, कालीबहादुर बस्नेत, आशिष श्रेष्ठ, कृष्णानन्द भट्ट, पूर्ण कार्की, दिपेश थापा मगर, पुण्यराज पुडासैनी, प्रमोद पोखरेल, सुव्रत मन, श्यामराज पाठक र राधेश्याम तिमल्सीना रहेका छन् । 

अधिवेशनको नेकपा(एमाले) सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रभार विभाग उपप्रमुख सुर्य थापा, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, सांसद रामेश्वर फुयाँल, एमाले काठमाडौंका कार्यबाहक अध्यक्ष कृष्ण राई, पेशागत जिल्ला कमिटीका सचिव समिर नेपाल, चौतारीका सल्लाहकार गगन विष्ट, उपत्यका इन्चार्ज अमृतनाथ तिमल्सीना, उपत्यका अञ्चल कमिटी अध्यक्ष शन्तराम बिडारी लगायतले अधिवेशन सफलताको कामना गरेका थिए । 

कार्यक्रममा चौतारीका सल्लाहकार एवं पूर्व महासचिव विष्णु रिजाल, सल्लाहकार एवं पूर्व उपाध्यक्ष गणेश बस्नेत,  वरिष्ठ उपाध्यक्ष दुर्गा शर्मा, उपाध्यक्ष उपेन्द्र केसी, महासचिव माधव नेपाल, सचिवहरु रामकुमार एलन, गणेश पाण्डे, नरेन्द्र साउद लगायतको उपस्थिति थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिष्ठान इन्चार्ज सुरोजंग पाण्डे, इश्वरी काफ्ले, सरिता सुबेदी, इन्द्र आचार्य, टेकराज थामी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा चौतारी काठमाडौंका सल्लाहकार रामहरि सिलवाल, सल्लाहकार तथा चौतारी काठमाडौंका पूर्व अध्यक्ष विष्णु बेल्बासे, काठमाडौं जिल्ला फोटोग्राफर संघका अध्यक्ष भवदेव थापा, सञ्चारिका समुहकी कोषाध्यक्ष यशोदा अधिकारी लगायतको उपस्थिति थियो ।   
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोबिन्द चौंलागाईले साना लगानीका पत्रपत्रिकाको हित तथा प्रवद्धर्न एवं सञ्चार क्षेत्रका समस्या समाधनका लागि संगठनले दिएको जिम्मेवारी कुशलतापुर्व निर्वाह गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो । 

अधिवेशनको उद्घाटन शत्रको अध्यक्षता अध्यक्ष हेमराज सिलवालले गरेका थिए भने सञ्चालन सचिव लोकेन्द्र केसीले गरेका थिए । बन्द सत्र सञ्चालनका लागि उप्न्द्र केसी, अमृतनाथ तिमल्सीना,शन्तराम बिडारी, रामहरि सिलवाल र हेमराज सिलवाल रहेको ५ सदस्यीय अध्यक्ष मण्डलले भूमिका निर्वाह  गरेको थियो । अधिवेशनले विष्णु तारुके र कृष्ण भण्डारी रहेको २ सदस्यीय कार्यदलले विभिन्न समसामयीक प्रश्ताव तयार गरेको थियो । 

बन्द सत्रले  सचिव केसीले प्रस्तुत गरेको सांगठानिक तथा कार्यवाहक कोषाध्यक्ष कृष्ण भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । 




0 comments

Write Down Your Responses