Powered by Blogger.
'एक्यान पत्रकारिता पुरस्कार २०७२' युवा पत्रकार प्याकुरेललाई


काठमाडौँ १० फागुन । पत्रकार सुरज प्याकुरेल ‘एक्यान पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित भएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यसपाली सुरज प्याकुरेललाई प्रदान गरेको हो ।

एक्यानले शनिवार सम्पन्न गरेको संघको बार्षिक साधारण सभामा संघका निबर्तमान अध्यक्ष भरत रिजालले पत्रकार प्याकुरेललाई सम्मानित गरेका हुन् । नेपाली लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गर्ने पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई एक्यानले गतबर्षदेखि सम्मानित गर्दै आएको छ ।

विशेषगरी नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचार सम्प्रेषण गरी नेपाली लेखा व्यवसायसँग आवद्ध सरोकारवालाहरुलाई सुचित गरेको भन्दै प्याकुरेललाई सम्मान गरिएको एक्यानका निवर्तमान अध्यक्ष भरत रिजालले बताए । गत बर्ष पनि उक्त पुरस्कार सुरज प्याकुरेललाइ नै प्रदान गरिएको थियो ।

एक्यानले दोश्रो पटक आफुलाई उक्त पुरस्कारबाट सम्मानित गरेकोमा निकै खुसी भएको बताउँदै पत्रकार प्याकुरेलले एक्यानले गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।

0 comments

Write Down Your Responses