Powered by Blogger.
राहत नपाएपछि नगरपालिका घेराउ


पालुङ । भूकम्प पीडित परिवारलाई न्यानो कपडाको लागि राज्यले दिने भनेको १० हजार रुपैयाँ हालसम्म पनि नपाएको भन्दै थाहा नगरपलिका वडा नम्मर ८ का नागरिकहरुले नगर कार्यालयको ध्यानाकर्षण गराएका छन् । 

उनीहरु एकजुट भई थाहा नगरपालिकाको कार्यालयमा घेराउ गरेका हुन् । वडा नागरिक मञ्चका उपसंयोजक कृष्णराम कार्कीको नेतृत्वमा आएको डेलीगेसन टोलीले उक्त राहत रकम हाल सम्म पनि नपाउनुको कारण बारे जानकारी माग्दै अब पनि नपाएमा कडा आन्दोलन गर्ने बताएका बताए । 

जाडो मौसमभरी पनि उक्त राहत रकम आफ्नो वडामा नपाउँदा नगरपालिकाको कार्यालयमा डेलिगेशनमा आउनु परेको कार्कीले बताए । नगरपालिका कार्यालयमा डेलीगेशन टोली आएपछि उपलब्ध राजनीतिक दलका प्रतिनिधिहरु, नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरी र डेलीगेशन टोलीका प्रतिनिधिहरुको अनौपचारिक बैठक बसी सर्बदलीय बैठक बसेर उक्त राहत रकमको लागि पहल गर्ने सहमति भएको बैठकमा सहभागी एकीकृत नेकपा माओबादीका थाहा नगर सचिव बिनोद लामाले बताउनु भयो ।

भूकम्प पीडितलाई न्यानो कपडाको लागि राज्यले दिने भनेको १० हजार रुपैंया जिल्ला प्रशासन कार्यालयबाट नै नआएकोले बितरण नगरिएको नगरपालिकाको कार्यकारी अधिकृत हरिलाल पुरीले बताए । उनले सर्वदलीय बैठक बसी जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा टोली छिट्टै डेलिगेशन जाने बताउनुभयो ।

राज्यले न्यानो कपडा खरिदको लागि दिने भनेको १० हजार रुपैंया थाहा नगरको वडा नं. १, ४ र ८ का नागरिकहरुले हालसम्म पाएका छैनन् ।

0 comments

Write Down Your Responses