Powered by Blogger.
फाखेलमा कम्युनिष्ट स्मृति पार्क बनाउन चन्दा दिने होडबाजी

मकवानपुर । नेकपा (एमाले) फाखेल गाउँ कमिटीको आयोजनामा फाखेलमा  अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । फाखेल गाउँ कमिटीका कार्यवाहक अध्यक्ष धनराज महर्जनको सभा अध्यक्षता एवम् केन्द्रीय कमिटी सदस्य तथा सांसद ममता गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) मकवानपुर जिल्ला सचिवालय सदस्य तथा मकवानपुर २ नम्बर क्षेत्रीय इन्चार्ज बिष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य तथा फाखेल इन्चार्ज रामचन्द्र बल, २ नम्बर क्षेत्रीय अध्यक्ष विदुर हुमागाइ, क्षेत्रीय उपाध्यक्ष जीवन लामा, क्षेत्रीय सदस्य धनबिर स्याङ्तान लगायतको सहभागिता थियो । 

प्रशिक्षणमा वक्ताहरूले संविधानको महत्व र कार्यन्वयन, समसामयिक राजनीति, विकास निर्माण र नेकपा (एमाले) संग फाखेलको ऐतिहासिक सम्बन्धको बारेमा चर्चा गरेका थिए ।  यसै क्रममा फाखेलमा कम्युनिस्ट पार्टी स्मारक पार्क र पार्टीकी आमा ठुलीमाया बल स्मृति पार्क निर्माण गर्न अभियान थालिएको छ । ठूली बलले तत्कालिन अवस्थामा सेल्टर लिएका नेताहरुलाई ज्याला गरेर ल्याएको पैसाले पिठो किनेर अनिकालको अवस्थामा पनि बचाएकी थिइन् । पार्टीकी आमाका रुपमा  परिचित उनको ६ महिना अघि उनको निधन भएको थियो ।

भूमीगत कालमा २ वटा केन्द्रीय कमिटी बैठक बसेको, तत्कालीन प्रमुख नेताहरु लामो समय सेल्टर लिएको सो स्थान ओझेलमा परेको भन्दै स्थानीय पार्टी कमिटीले अब त्यसलाई पार्टीको अध्ययन संग्राहलय तथा पार्क निर्माण  गरेर पर्यटकीय हिसाबले विकास गर्ने सोच अघि सारेको छ ।

पुरानो अवस्था स्मरण हुनेगरी पार्टीको केन्द्रीय कमिटी बैठक फाखेलमा आयोजना गर्न पनि स्थानीय पार्टीले माग गरेको छ । पार्क निर्माणका लागि क्षेत्रीय उपाध्यक्ष  तथा गाउँ कमिटीका पूर्वअध्यक्ष जीवन लामाबाट सर्वप्रथम आर्थिक सहयोग घोषणा गरेपछि सबैले आर्थिक संकलन अभियान नै सुरु गरेका छन् । प्रशिक्षण कार्यक्रममा सहभागी अतिथीहरुले पनि आर्थिक सहयोग गर्ने बचन दिंदै एक कोष निर्माण गरिनुपर्ने बताए । 

त्यस्तै कार्यक्रममा पार्टी सदस्य पूर्व वडा कमिटी उपाध्यक्ष ठूलोबाबू थोकरको २१औं तिथिको अवसरमा श्रद्धाञ्जली व्यक्ति गरिएको थियो भने  पार्टी सदस्य एवम् फाखेल पुरण्डी हुमाने दक्षिणकाली सडकको योजनाकार मानबहादुर लामा र पार्टी सदस्य सानुकान्छी स्याङ्तानको शिघ्र स्वास्थ लाभको कामना गरिएको थियो । 

गाउँ कमिटी सचीव उमेश बस्नेतले संचालन गर्नु भएको कार्यक्रममा स्मृति पार्क निर्माणका जीवन लामाले ५ हजार, विदुर हुमागाईले १० हजार, रामचन्द्र बलले २५ हजार, विष्णु ढकालले ५१हजार १ सय ११, धनविर स्याङ्तानले ५हजार ५ सय ५५, धिरज लामाले ११ हजार १ सय ११,जयबहादुर डिम्डुङ २ हजार ५ सय र धनराज महजर्नले ५ हजार ५ सय ५५रुपिंया सहयोेग गरेका थिए ।



0 comments

Write Down Your Responses