Powered by Blogger.
निर्देशनको व्यस्ततामा पाण्डे


काठमाडौं, ४ फागुन । पछिल्लो समय खुबै चलेकी नायिका निता ढुङ्गानाको ‘हाइट’ कति होला ? धेरैका लागि चासोको बिषय हुन सक्छ । म्युजिक भिडियो देखि चलचित्रसम्म मज्जैले जमेकी यी नायिकाको हाइट ५ फिट ५ इन्च रहेको रहस्य नायक रन्जन रिजालले खोलेका छन् ।

नायक रिजालले कुनै पत्रकारसँगको अन्तर्वार्ताको क्रममा नभई आफुले अभिनय गरेको गीत मार्फत यो कुरा खुलाउँदै छन्, सार्वजनिकरुपमै ।ललितपुरको नाखिपोटस्थित सिलौटी रिसोर्टमा नायिका निता ढुङ्गाना दर्जनौंको बीचमा देखिइन् । 

थुप्रै म्युजिक भिडियोमा देखिइसकेका रन्जन रिजाल नितालाई फकाउन खोज्दै गर्दा निर्देशक देवेन्द्रराज पाण्डे भने उनीहरुलाई निर्देशन दिनमा व्यस्त थिए । छायाँकार रबीन्द्र बराल दृश्यलाई क्यामरामा कैद गर्नमा व्यस्त देखिन्थे । पृष्ठभूमिमा बज्दै थियो, ‘पाँच बाई पाँच म त ठिक्क की’ बोलको गीत ।

गायिका डेनी रेग्मीको स्वरमा रहेको यो डान्सिङ नम्बरको म्युजिक भिडियो अहिले सम्पादनको चरणमा छ । दीपक शर्माको संगीत रहेको गीतको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गर्दैछन् । गीतमा शब्द किरण बरालको रहेको छ । 

गायिका डेनी रेग्मीको ‘मैले चोलीको तुनामा राखेको मायाँ’ बोलको गीत यसअघि नै चर्चित भइसकेको छ । उनले छिट्टै बजारमा ‘आशिष’ एल्बम ल्याउन लागेको जानकारी दिइन् । भिजन नेपाल फिल्मसले उत्पादन गरेको यस गीत र एल्बमलाई रास क्रियशनले बजारमा ल्याउने निर्माता आशिष घिमिरेले बताए ।



0 comments

Write Down Your Responses