Powered by Blogger.
विद्यालय परिषरमा विदेशीद्धारा वृक्षरोपण


जनक लामा
पालुङ, २३ फागुन । थाहा नगरपालिकाको जनकल्याण उच्च माविमा आज भिन्न भिन्न ५ देशका अतिथिहरुले फर्निचरमा खाक्सी लगाउने, विद्यालय परिषरमा वृक्षरोपण गर्ने काम गरेका छन् । 

हिजो आएका अतिथिहरुले स्थानिय अभिभावक, शिक्षक विद्यार्थी र पिस नेपलका सहजकर्तासंगै काम गरेका हुन् । वृक्षरोपणमा लगभग ३ सय ६० बिरुवा रोपेको पिस नेपालका सचिव सुर्य लामाले जानकारी दिनुभयो । जसमध्ये लालीगुराँस, लौठ सल्ला, वनमा पाईने कागती लगायत रहेका छन् । यसैक्रममा विद्यालयका छात्रा विद्यार्थीहरुलाई महिनावारी हुदा आईपर्ने समस्या तथा समाधानको उपायको बारेमा जानकारी समेत गराईएको छ । साथै महिनावारी हुँदा आवश्यक पर्ने सामाग्रीहरु समेत वितरण गरिएको जनाएको छ  ।

च्वाईस नेपाल र डोटेरा संस्थाको सक्रियतामा ५ देशका ३९ जना अतिथिहरुले आज नै मकवानपुरको २ घरे भन्ने स्थानमा पाईने धसिङ्गरे तेलको बारेमा समेत अवलोकन गरेका छन् । जनकल्याण उच्च माविको निमन्त्रणा र अमेरिकी स्वयम सेवकको नेतृत्वमा अतिथिहरु आउनु भएको हो । जसमध्ये अमेरिका, ताईवान क्यानडा, चीन र जापानका अतिथिहरु आउनु भएकोे हो । 

अतिथिहरूलाइ स्थानिय बाजागाजा, फूलमाला सहित दिउसो ३ वजे स्वागत समेत गरिएको थियो ।  त्यसै गरि पाहुनालई मनोरञ्जनको लागि सास्कृतिक कार्यक्रम समेत गरिएको छ । सास्कृतिक कार्यक्रममा थाहा कला केन्द्रका कलाकारहरुले चर्चित गीत रेशम फिरिरि को लाईभ प्रस्तुति दिएर पाहुना तथा थाहा दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । 

साथै स्थानिय कलाकार मुक्तिनाथ उप्रेती र विद्यालयका विद्यार्थीहरुको विशेष प्रस्तुती रहेको थियो ।त्यसैगरि भोली भने स्थानिय अभिभाव तथा विद्यार्थीहरुको सहभागितामा अतिथिहरूले सहयोग गरेको ५० थान फर्निचरमा रङ लगाउने कार्यक्रम भएको जनाएको छ । २५ गते भने पाहुनाहरुलाई विदाई गरिने भएको छ ।

0 comments

Write Down Your Responses