Powered by Blogger.
जनकल्याणमा आएका विदेशी अतिथिको भव्य स्वागत


पालुङ, २२ फागुन । थाहा नगरपालिकाको जनकल्याण उच्च माविमा आज भिन्न भिन्न ५ देशका अतिथिहरु आउनु भएको छ । च्वाईस नेपाल र डोटेरा संस्थाको सक्रियतामा ५ देशका ३९ जना अतिथिहरु आउनु भएको हो । 
जनकल्याण उच्च माविको निमन्त्रणा र अमेरिकी स्वयम सेवकको नेतृत्वमा अतिथिहरु आउनु भएको हो । जसमध्ये अमेरिका, चिन, जापान र कोरियाका अतिथिहरु आउनु भएकोे हो । अतिथिहरूलाइ स्थानिय बाजागाजा, फूलमाला सहित दिउसो ३ वजे स्वागत गरिएको छ । 

साथै अतिथिहरुलाई स्वागत तथा मनोरञ्जनको लागि विद्यालयका बालबालिकाहरुबाट सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । स्वगतको लागि नजिकैको खौटेखोला पुलदेखि विद्यालय सम्म स्थानिय अभिभावक तथा बालबालिको लाईन रहेको थियो ।

मकवानपुरको अघोरमा पाईने धसिङग्रे तेलको विश्वमा नै चिनाउने डोटेराले जनाएको छ । स्वागत कार्यक्रममा प्राचार्य सानोभाई कार्कीले भूकम्पले विद्यलय भत्काएकोले पढ्नमा समस्या भएको बताउनुभयो । साथै विद्यालयमा टाढा टाढाबाट विद्यार्थी आउने तर होस्टलको राम्रो व्यवस्था गर्न नसकिएको भन्दै  दुख व्यक्त गर्नुभयो । 

कार्यक्रमको सञ्चालन विद्यालयको शिक्षक मोहन सिंह वाईवाले गर्नुभएको थियो ।  त्यसै गरि भोली पाहुनाहरूको सत्कारमा साँस्कृतिक कार्यक्रम राखिएको छ । २४ गते स्थानिय अभिभाव तथा विद्यार्थीहरुको सहभागितामा अतिथिहरूले सहयोग गरेको ५० थान फर्निचरमा रङ लगाउने कार्यक्रम तय भएको जनाएको छ । २५ गते भने पाहुनाहरुलाई बिदाई गरिने भएको छ । 



0 comments

Write Down Your Responses