Powered by Blogger.
मोक्तानको उपचारका लागि ‘छामो’ च्यारीटी


हेटौंडा, २६ फागुन । दुबै मृगौला फेल भई उपचाररत हेटौंडा रातोमाटेका सुनिल मोक्तानलाई सहयोगार्थ तामाङ चलचित्र ‘‘छामो’ अर्थात सौताको च्यारीटी हुने भएको छ ।

हेटौंडाको ओम हलमा यही फागुन २९ र ३० गते बिहान च्यारीटी प्रदर्शन हुने तामाङ चलचित्र संघ मकवानपुरका कोषाध्यक्ष एवम् चालचित्र ‘छामो’ को बजार व्यवस्थापक राधिका स्याङ्ताले बताउनुभयो । चलचित्र प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम मृगौला पीडित मोक्तानको उपचारका लागि सहयोग गर्ने बजार व्यवस्थापक स्याङ्तानले बताउनुभयो । 

बुधबार पत्रकार सम्मेलन गर्दै सहयोगार्थ च्यारीटी हुने जानकारी गराइएको हो । देवलाल मोक्तानको लगानीमा निर्मित चलचित्र छामोले नेपाली सामाजको सौता प्रथा र यसले निम्त्याएको पारिवारिक बेमेलको अवस्थालाई शसक्त रुपमा प्रस्तुत गर्दै सामाजिक सचेतना मूलक सन्देश समेटिएको उल्लेख गरिएको छ । यसैगरी तामाङ संस्कार तथा संस्कृतिलाई प्रबद्र्धनमा समेत जोड दिइएको अभिनेता राम सिं लामाले बताउनुभयो । अधिकांश दृश्य हेटौंडामा छायांकन गरिएको तामाङ चलचित्र छामो बाबु थिङको निर्देशन रहेको छ ।

चलचित्रमा अभिनेता छिरिङ थिङ र पूर्णिमा मोक्तानको मूख्य भूमिका रहेको अभिनेता विक्रम लुङ्बाले बताउनुभयो । हुप्रचौरमा जारी राष्ट्रिय व्यापार मेलामा स्टल नंं १५६ मा टिकट विक्री भईरहेको बजार व्यवस्थापक स्याङ्तानले बताउनुभयो ।


0 comments

Write Down Your Responses