Powered by Blogger.
पालुङका दीपराजले पाए हेटौंडा आइडलको उपाधि


पालुङ, ३० फागुन । हेटौंडा स्थित राष्ट्रिय औद्योगिक व्यापार मेलामा जारी हेटौंडा आइडल प्रतियोगिताको उपाधि  पालुङका दिपराज केसीले हात पारेका छन्  ।  

टिकट भोटिङ र निर्णायकको मुल्याङ्कनको आधारमा आइतबार भएको फाइनल राउण्डमा केसी प्रथम, ध्रुव पण्डित द्वितिय र दिपेश श्रेष्ठ तृतीय भएका हुन् । उनीहरुलाई क्रमश नगद पचास हजार, २५ हजार र १५ हजार रुपिंया सहित प्रमाणपत्र प्रदान गरीएको थियो ।

 हेटौंडा आईडलको निर्णायकमा शिखर सन्तोष, सुनिता शर्मा लुईंटेल र इश्वर खड्काले भूमिका निर्वाह गरेका थिए । केसी थाहा कला केन्द्रले सञ्चालन गरेको मकवानपुर आइडलको पनि फाइनल राउण्डमा पुग्न सफल भएका थिए । 



0 comments

Write Down Your Responses