Powered by Blogger.
किशोरी शिक्षाका लागि सांस्कृतिक कार्यक्रम


पालुङ, ३० फागुन । प्लान इन्टरनेशनल नेपाल मकवानपुरले थाहा नगरमा वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको  छ ।

मकवानपुरको उत्तरी भेगको थाहा नगरपालिकाको विकास हलमा भएकोे विपद्मा किशोरी शिक्षा परियोजना अन्तरर्गतको कार्यक्रममा किशोरीहरुले समुदायमा शशक्तिकरण गर्नको लागि विभिन्न सन्देशमुलक नृत्य, गीत र नाटक समेत देखाएका थिए ।  

सो कार्यक्रममा सामाजिक सञ्जाल फेसबुकले किशोर किशोरीहरुलाई विकृति उन्मुख पारेको भन्दै सञ्जाल सदुपायेग गरि फाइदा लिन सकिने सन्देश सो नाटकबाट प्रवाह गरिएको थियो । किशोरीहरुले किशोरी हिंसामा किशोरीहरु आफैले कसरी प्रतिकार गर्न सक्छन् भन्ने सन्देश समेत नाटकबाट  प्रवाह गरेका थिए ।

कार्यक्रममा ३ वटा किशोरी केन्द्रको ६० जना विवाहित तथा अविवाहित किशोरी, प्लान ईन्टरनेश्नल नेपाल मकवानपुरका जेण्डर अफिसर जानुका घिमिरे, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपली, किशोरी मैत्री केन्द्रका सुपरभाईजर सर्मिला जिम्बा, सहजकर्ता आरती के.सी., सन्तोषी कार्की बस्नेत, र सर्मिला विष्ट लगायतकोे आतिथ्यता रहेको थियो ।




0 comments

Write Down Your Responses