Powered by Blogger.
पालुङमा सहकारी सञ्चालकलाई तालिम


पालुङ, ९ चैत । डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजना तथा पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि थाहा नगरपालिका ४ को ब्यवस्थापनमा सहकारी ब्यवस्थापन तालिम मंगलबार सञ्चालन भएको छ ।

डिभिजन सहकारी कार्यालय मकवानपुरका सहकारी अधिकृत तिलकराम पोख्रेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिममा थाहा नगरका तीनवटा सहकारीका सञ्चालक तथा सदस्यहरुको सहभागिता रहेको छ ।

६ दिन सम्म सञ्चालन हुने तालिममा सहकारी अधिकृत पोख्रेल, डिभिजन सहकारी कार्यालयका नायव सुब्बा बिष्णुप्रसाद अर्याल, खरदार नविन पौडेलले सहजीकरण गर्नुहुनेछ ।

पाथीभरा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष अर्जुन कार्कीको सभाध्यक्षतामा सम्पन्न तालिमको औपचारिक उद्घाटन सत्रमा संस्थाका पूर्व अध्यक्ष नवराज बिष्ट, जीवन बस्नेत, ब्यवस्थापक राजाराम कार्की, जनशक्ति कृषक सहकारी संस्था लिमिटेडका सचिव तथा रेडियो आवाजका सञ्चालक राजकुमार केसी लगायतको आतिथ्यता रहेको थियो ।




0 comments

Write Down Your Responses