Powered by Blogger.
सामाजिक सद्भावका लागि पालुङ जेसिजले मनायो होली


पालुङ, ९ चैत । पालुङ जेसिजका युवाहरुले स्थानीय स्तरमै होली पर्व मनाएका छन् । 

पालुङ जेसिस वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको उपस्थितिमा उनीहरुले एक अर्कामा रङ लगाइदिएर होली मनाएका हुन् ।पालुङ जेसिजले होलीको अवसरमा आपसी सद्भाव अभिवृद्धि गर्न सबैलाई एकठाउँमा जम्मा गराई शुभकमना आदान प्रदान गरेको थियो ।

शुभकामना आदान प्रदान गर्दै जेसिज टोली शिखकोट, ओखरबजार र ऋषेश्वर सम्म पुगेको थियो ।  सबैमा सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्यले  होली मनाइएको महासचिव अनित केसीले जानकारी दिए । 

कार्यक्रममा जेसिज युवाहरुको उल्लेखनीय उपस्थित रहेको थियो । त्यसो त थाहा नगर पालिकाको ऋषेश्वरमा फागु पुर्णिमाकै अवशरमा मंगलबार भव्य मेला लाग्यो भने बुधबार आग्रा गाविसको डाडाँवासमा भव्य मेला लाग्ने छ ।




0 comments

Write Down Your Responses