Powered by Blogger.
थाहा नगरमा कर शिविर सुरु


पालुङ, १८ चैत । थाहानगर उद्योग वाणिज्य संघ र थाहा नगरपालिकाको संयुक्त आयोजनामा व्यवसाय दर्ता सिविर सुरु भएको छ । सो शिविर बिहिबारबाट सुरु भएको हो । 

कर शिविरमा उद्योग वाणिज्य संघको सदस्यता दर्ता, नविकरण तथा थाहा नगरपालिकामा व्यवसाय दर्ता गरिनेछ । बिहीबार बज्रबाराहीको सरस्वती बजारमा भएको दर्ता शिविरमा ४६ जना व्यवसायीहरुले व्यवसाय दर्ता गरिएको थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

बिहीबार नै थाहा नगर उद्योग वाणिज्य संघको समन्वयमा थाहानगरको थानाबजारमा आन्तरिक राजश्व कार्यालय हेटौंडाले कर सिविर सम्पन्न गरेको छ । निजी विद्यालय, सहकारी संस्था तथा भ्याटमा दर्ता रहेका व्यवसायीहरुलाई लक्षित शिविरले चौमासिक आय कर तथा विवरण संकलन गरिएको अध्यक्ष कविराज खत्रीले बताए । 

यसैगरी, व्यवसाय दर्ता शिविर अन्तर्गत शुक्रबार बिहान ७ बजेदेखि ११ बजेसम्म पालुङ, अंगारे, फाँटबजार, फेदीगाउँका लागि फाँटबजारमा शिविर संचालन हुनेछ । 

यसैगरी चैत्र २० गते शनिबार दोवाटो, शिखरकोट, गोपालीगाउँ, डाँडागाउँका लागि बिहान ७ बजेदेखि ११ बजेसम्म शिखरकोटमा, चैत्र २० गते शनिबार नै थानाबजार, किटेनी, ओखरबजार, खानीगाउँका लागि थाना बजारस्थित उद्योग वाणिज्य संघको कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म, चैत्र २१ गते आइतबार दामन सिमभञ्ज्याङका लागि विहान ८ बजेदेखि १० बजेसम्म सिमभञ्ज्याङमा, चैत्र २१ गते आइतबार नै दम्की, घर्तिखोलाका लागि दिउँसो २ बजेदेखि ५ बजेसम्म घर्तिखोलामा शिविर र संचालन हुने थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

0 comments

Write Down Your Responses