Powered by Blogger.
अनेम संघ मकवानपुरले नेतृत्व पायो


हेटौँडा, ४ चैत । अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला कमिटीमा  गायत्री सुवेदी चयन भएकी छिन् । 
अन्तराष्ट्रिय श्रमिक महिला दिवसका दिन आयोजित जिल्ला अधिवेसनबाट निर्वाचित सदस्यहरुको बुधवार बसेको पहिलो बैठकले अध्यक्ष सहितका पदाधिकारीको चयन गरेको हो । 

एमाले पार्टी कार्यालयमा बसेको पूर्ण बैठकले उपाध्यक्षमा सीता अधिकारी र मेनुकादेवी पौडेल, सचिवमा सीता बिष्ट र कोषाध्यक्षमा मिरा राना चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा बेगम बराल, रेखा खतिवडा, कल्पना विक, श्रमिक लामा, तुलसा बिष्ट, ओमिनिया थिङ, सुन्तली चेपाङ, मीना अर्याल, बिष्णु तिमल्सिना, शर्मिला विक रहेका छन् । 

त्यसैगरी अन्य सदस्यहरुमा लजिता अधिकारी, भगवती पुडासैनी, सानुनानी अधिकारी, सपना परियार, चमेली लामा, मिना लामा, ओमकुमारी आचार्य, बुद्धकुमारी माझी, पार्वती राना, मञ्जु ब्लोन, रीता ठकुरी, ज्ञानी लामा, जुना दाहाल, सुमित्रा काफ्ले, सरस्वती बर्ताैला, रुक्मणी स्याङ्तान, अनिता शाह, बिष्णुमाया रुम्बा, पविना गुरुङ र मेनुका दाहाल रहेका छन् ।

अधिबेसनमा विधान बमोजिम जिल्लाभरबाट छानिएर आएका प्रतिनिधिले ३५ जना सदस्य निर्वाचित गरेको थियो । निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी चयन गर्ने प्रावधान बमोजिम पहिलो बैठकबाट पदाधिकारी चयन गरिएको नेकपा एमाले निर्वाचन समितिका अध्यक्ष मदनकुमार दाहालले बताए ।

पूर्ण बैठकमा बहुमत सदस्यको मञ्जुरीमा पदाधिकारी छानिएको उनले बताए । बैठकमा कूल ३५ मध्ये १८ जना सशरिर उपस्थित भई सहभागी भएका थिए । यसअघि पार्टी कार्यालयबाहिरै रहेर पार्वती रानाको नेतृत्वमा कमिटी बनेको खबर सार्वजनिक भएपछि बढेको विवाद मिलाउन अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेम संघकी केन्द्रीय सचिव बिष्णु ओझासहितको हस्ताक्षरमा चैत्र ३ गतेको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने सहमति गरी प्रेस विज्ञप्ती जारी भएको थियो । 

सोही बिज्ञप्ती बमोजिम पूर्ण बैठक बसे पनि ओझासहितका केही महिला नेतृहरु उपस्थित भएनन् ।

0 comments

Write Down Your Responses