Powered by Blogger.
मुक्ति समाज २ नम्मरमा सर्वसम्मत नेतृत्व


भिमफेदी, ३ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको २ नम्बर क्षेत्रको दोस्रो अधिबेशन सम्पन्न भएको छ । मुक्ति समाजका केन्द्रीय सदस्य एबम नारायणी इन्चार्ज गणेश रसाइलीले दिप प्रज्वलित गरि अधिबेशनको बुधबार भिमफेदीमा अधिवेशन उदघाटन गर्नुभयो । 

प्रमुख अतिथि रसाइलीले नेपालको संविधानको कार्यान्वयन र दलित समुदायको अधिकार प्राप्तिको लागी दलित समुदाय एकजुट हुनुपर्ने र सम्मेलनबाट सक्षम नेतृत्व चयनको लागि शुभकामना व्यक्त गर्नुभएको थियोे  । 

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य एबम मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्मा, मकवानपुर क्षेत्र नम्बर २ का सांसद शुभाषचन्द्र ठकुरी, नेकपा एमाले सचिवालय सदस्य एबम २ नम्बर क्षेत्रीय इन्चार्ज बिष्णु ढकाल, मुक्ति समाज जिल्ला अध्यक्ष रत्नलाल बिश्वकर्मा, उपाध्यक्ष बिष्णु परियार, नेकपा एमाले ३ नम्बर क्षेत्रीय अध्यक्ष बिदुर हुमागाई, एमाले भिमफेदीका अध्यक्ष मंगलादेबि श्रेष्ठ  लगायतकाले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो  । 

उदघाटन सत्रमा कार्यक्रमको अध्यक्षता  क्षेत्रीय अध्यक्ष  सरिता परियारले र सञ्चालन सचिब कृष्ण घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य  क्षेत्रीय  सदस्य कुमार मिजारले गर्नु भएको थियोे । अधिबेशनमा २ नम्बर क्षेत्रका १४ गाबिस र थाहा नगरपालिकाबाट ४८ जना प्रतिनिधिको सहभागीता रहेको थियो । अधिबेशनको  बन्दसत्रबाट ९ सदस्यीय  क्षेत्रीय  कमिटी चयन गरेको छ  ।

कमिटीका अध्यक्ष सरिता परियार, उपाध्यक्ष कमलबहादुर बिश्वकर्मा, कोषाध्यक्ष बिमला बिश्वकर्मा, सचिब कुमार मिजार, उपसचिव युबराज गजमेर  सर्वसम्मत रुपमा चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुमित्रा गजमेर, उजेली सुनार, मधु सुनार र कर्णराज बिश्वकर्मा रहनुभएको छ । 

चयन हुनु भएका पदाधिकारीहरुलाई केन्द्रीय सदस्यद्वय गणेश रसाइली र युक्तलाल बिश्वकर्माले सपथ तथा बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses