Powered by Blogger.
जनकल्याणमा समापन भयो सप्ताहव्यापी खेलकुद


पालुङ, ८ चैत । थाहा नगरपालिकाको जनकल्याण उच्च माविमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयले यही चैत १ गतेबाट सुरु गरेको खेलकुद प्रतियोगितामा भलिबल, फुटबल, हाईजम्प, लङगजम्प, सटफुट, दौड, घौटौ फुटाउने प्रतियोगिता सहित सप्ताहव्यापी खेलकुद प्रतियोगित  सोमबार समापन गरिएको छ । 

सोमबार भएको छात्रहरुको हाईजम्पमा सविन कार्की प्रथम , सुमन विष्ट द्धितीय र दिलिप गुरुङ तितृय भएका छन् । त्यसैगरि छात्रहरुको ४०० मिटर दौडमा सुमन विष्ट, सविन कार्की र समिर रायमाझी क्रमश प्रथम द्धितृय र तितृय भएका छन् भने ८०० मिटर दौडमा सुमन विष्ट, विरमान लामा र लभसेर विष्ट क्रमश प्रथम द्धितृय र तितृय हुन सफल भएका छन् ।

सोमबार नै भएको घौटो फुटाउने प्रतियोगिताबाट सविन कार्की प्रथम र सुमित्रा विष्ट द्धितृय भएका छन् । घौटौ फुटाई प्रतियोगिताबाट आज नै सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन गरिएको उच्च माविका शिक्षक तथा सप्ताहव्यापी खेलकुद प्रतियोगिताका संयोजक संगम कार्कीले जानकारी दिनु भयो । 

त्यसैगरि बैशाख १५ गते कक्षा १२ को विदाईको अवसरमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।



0 comments

Write Down Your Responses