जनकल्याणको सप्ताहव्यापी खेलकुद भोली समापन हुने

पालुङ, ७ चैत । थाहा नगरापालिकाको जनकल्याण उच्च माविमा जारी सप्ताहव्यापी खेलकुद प्रतियोगितामा आइतबार ३ खेल सम्पन्न भएका छन् ।
कक्षा ११ र कक्षा १२ व्यवस्थापन बीच भएको फुटबल प्रतियोगितामा १२ व्यवस्थापनलाई १०—४ गोलले पछि पार्दै ११ व्यवस्थापनले जित हाँसिल गरेको हो । त्यसैगरि भलिबल फाईनल प्रतियोगितामा १२ शिक्षा शास्त्रले १२ मानविकीलाई पछि पर्दै १२ शिक्षा शास्त्रले जित हासिल गरेको हो ।
त्यस्तैे १०० मिटर छात्र दौडमा प्रतियोगितामा सुमन विष्ट प्रथम भएका छन् भने सविन कार्की द्धितिय, अर्जुन मगर तृतिय भएका छन् । २०० मिटर छात्रको दौडमा सविन कार्की प्रथम, विरमान लामा द्धितिय भएका छन् । त्यसैगरि १०० मिटर छात्राहरुको दौडमा जुनु विष्ट , रसिला थापा र सुनिता विष्ट क्रमश प्रथम, द्धितिय र तितृय तथा २०० मिटरको दौैडमा रेश्मा विष्ट, सविना मियाँ र अनिता रायमाझी क्रमश प्रथम, द्धितिय र तितृय भएका छन् ।
त्यसैगरि ४०० मिटरको दौडमा रसिला थापा, सविना मिया र सुनिता विष्ट क्रमश प्रथम द्धितिय र तितृय हुन सफल भएका छन् । साथै भोली छात्र÷छात्रा तर्फ ८ सय मिटर दौड , छात्र तर्फ ४ सय मिटर दौड र घौँटो फुटाउने प्रतियोगिता हुने जनाइएको छ ।
चैत १ गतेबाट सुरु भएकोे खेलकुद प्रतियोगितामा सोमबार समापन हुने सप्ताहव्यापी खेलकुद प्रतियोगिताका संयोजक संगम कार्कीले जानकारी दिनु भयो । त्यसैगरि बैशाख १५ गते कक्षा १२ को विदाई कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।
0 comments
Write Down Your Responses