Powered by Blogger.
पथलैयामा मुक्ति समाजको अञ्चल भेला सम्पन्न


बारा, १४ चैत । नेपाल उत्पीडित जातीय मुक्ति समाज नारायणी अञ्चल कमिटीको आयोजनामा अञ्चल स्तरीय कार्यकर्ता भेला बारा जिल्लाको पथलैयामा अबस्थित मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा  भब्य रूपमा सम्पन्न भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीका सदस्य एबम पुर्व कृषि मन्त्री छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिश्वकर्माले २०४७ मा नेकपा एमालेले  संविधानका सम्बन्धमा असहमति जाहेर गर्दै राखेको २७ बुदे प्रस्तावहरु बर्तमान संविधानमा समेटिएको हुँदा बर्तमान संविधान उत्कृष्ट भएको बिचार व्यक्त गर्दै संविधान निर्माणमा एमालेले खेलेको भुमिकाको चर्चा गर्नुभयो । 

संविधानलाई समायानुकुल ढंगबाट परिवर्तन गर्न सकिन्छ यो धार्मिक ग्रन्थ, ढुङ्गाको अक्षर होइन जुनकी परिबर्तन गर्न नसकिने होस । त्यसैले असन्तुष्ट पक्षले सबैखाले आन्दोलनलाई त्यागी मुलुकलाई समृद्ध बनाउनका लागि उहाँको अनुरोध थियो । ‘संविधानले सम्पुर्ण बर्ग, क्षेत्र, समुदायलाई  न्याय प्रदान गरेको छ, त्यसैले यसको कार्यान्वयनको लागि सबैले र  विशेष गरि दलित समुदायले दवाब सिर्जना गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

विशिष्ट अतिथि  मुक्ति समाजका उपाध्यक्ष एबम मध्यमाञ्चल इन्चार्ज सुन्दर बिश्वकर्माले  कानुन बनाई दलितका अधिकार सुनिश्चितता गराउने सबालमा सचेत हुनुपर्ने र निरन्तर दवाब सिर्जना गर्नुपर्नेमा जोड दिनुुभएको थियोे । यसैगरी नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश बिश्वकर्माले हाल सम्म भएका राजनैतिक परिवर्तन अर्थात २००७ सालको परिवर्तनले जहानिया राणा शासनको अन्त्य गरि पढ्न पाउने अधिकार दिएको ,२०४६ को परिबर्तनले सार्बजनिक स्थानमा हुने  बिभेदको अन्त्य गरेको र २०६२–०६३ को आन्दोलनले नेपाली जनतालाई नयाँ संविधान  दिई निजि स्थानमा पनि छुवाछूत गर्न नपाईने ब्यबस्था गरेको चर्चा गर्नुभयो  ।

साथै  संविधानलाई कार्यान्वयन गर्नमा निर्वाह गर्नुपर्ने भुमिकाको बिषयमा पनि प्रकाश  पार्नु भएको थियो । 
कार्यक्रममा केन्द्रीय सचिबद्वय प्रभु हजरा , अनुभुति बम नेपाली केन्द्रीय  सदस्य एबम नारायणी इन्चार्ज गणेश रसाइली, सहइन्चार्ज दशरथ राम, केन्द्रीय सदस्य लक्ष्मी नेपाली,  नेकपा एमालेले बाराका सदस्य मनोज पौडेल लगायतकाले समसामयिक राजनैतिक अवस्था र दलित समुदायका अधिकारका बारेमा आआफ्नो धारणा राख्नु भएको थियोे  ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार राम सिंह बिश्वकर्मा , पट्वारी बैठा, केन्द्रीय सदस्यहरु युक्तलाल बिश्वकर्मा ,जित बहादुर बिश्वकर्मा, चक्र रुचाल , मेघराज पासवान  लगायतकाको उपस्थिति रहेको थियो  । मुक्ति समाज नारायणीका अध्यक्ष सकल रामको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भुबन नेपालीले र कार्यक्रमको संचालन सचिब केशव रसाइलीले गर्नुभएको थियोे ।

कार्यक्रममा ५ वटै जिल्लाबाट जिल्ला तहका पदाधिकारीहरुको उत्साहजनक सहभागीता रहेको थियोे  ।

0 comments

Write Down Your Responses