Powered by Blogger.
बज्रबाराहीमा उद्घोषण तालिम


पालुङ, १४ चैत । पालुङ जेसिजको आयोजनामा मकजानपुरको बज्रबाराहीमा १ दिने प्रभावकारी उद्घोषण कला तालिम सम्पन्न भएको छ । 

थाहा नगर पालिकाका स्थित वज्रबाराहीको साना किसान सहकारी संस्थाको हलम भएको तालिममा सञ्चारकर्मी तथा वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले सहजीरकण गर्नु भएको थियो । सो तालिममा व्यक्तिबाट व्यत्तित्व बनाउन तालिम सहयोगी भएकोे प्रशीक्षार्थी विद्या लामाले बताउनु भयो । 

तालिमले आत्मवल बढाउने काम भएकोले बताउदै  यस्तो आयोजनालाई सकरात्मक रुपमा लिनुपर्ने संगीता महर्जनले बताउनु भयो । उनीहरुले यस्ता खालका कार्यक्रम एक महिने राख्नु पर्ने धारणा राखे ।तालिम सहजीकरण गरेका प्रधानले तालिमबाट सिकेका कुरा तालिममा मात्रै सिमित नभई व्यवहारमा उर्तानको लागि  सबैलाई अनुरोध समेत गर्नु भएको छ  । 

वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतमा भएको कार्यक्रममा शिक्षक तथा वर्ष २०१५ का कानुनी सल्लाहाकार भुमिराज अवस्थिले सञ्चालन गर्न भएको थियो । अध्यक्ष खत्रीले तालिम निकै नै प्रभावकारी भएको भन्दै अबका दिनमा थाहाको विभिन्न ठाउँमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । 
३५ जनाको सहभगिता रहेको तालिममा पालुङ जेसिसका पदाधिकारीहरुको उपस्थित रहेको वर्ष २०१६ का सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिनुभयो । 
–जनक लामा




0 comments

Write Down Your Responses