Powered by Blogger.
एसएलसीको पहिलो दिन ४२ विद्यार्थी अनुपस्थित, उत्तरी मकवानपुरका ४ वटै केन्द्र शान्त


रुपक कालिराज
पालुङ, चैत १८ । बिहिबार शुरु भएको यस वर्षको एसएलसी परिक्षामा मकवानपुर उत्तरी भेगका ४२ जना विद्यार्थी अनुपस्थित  भएका छन् । 

पहिलो दिन अनिवार्य अग्रेजी विषयको परिक्षामा मकवानपुर उत्तरी भेगको ४ वटा केन्द्रमा कुल १३ सय ९६ जना विद्यार्थी रहेकोमा ४२ जना विद्यार्थी परिक्षा दिन नआएको जनकल्याण उच्च माविका परिक्षा केन्द्रध्यक्ष सानोभाई कार्कीले बताए ।  

उत्तरी भेगमा सबै भन्दा बढी विद्यालयको केन्द्र रहेको जनकल्याण उच्च माविमा ६ जना अनुपस्थित रहेको र सबै भन्दा बढी मत्स्यनारायण माविमा २६ जना विद्यार्थी अनुपस्थित रहेको कार्कीले जानकारी दिए । 

मत्स्यनारायण मावि केन्द्रमा नियमित तर्फ १ सय १६ जना रहेकोमा ३ जना अनुपस्थित  र एक्जाम्डेट तर्फ १ सय ४३ जना रहेकोमा ४ जना छात्र र १९ जना छात्रा अनुपस्थित रहेको सो केन्द्रका केन्द्रध्यक्ष वसन्त राईले बताउनु भयो ।
त्यस्तै वज्रवाराहि उच्च मावि केन्द्रमा नियमित तर्फ ६७ जना छात्रा ,७२ जना छात्र गरि १ सय ३९ जना रहेका थिए भने एक्जाम्टेड तर्फ ९ जना छात्र ४ जना छात्रा रहेको परिक्षामा एक्जाम्टेड तर्फ १ जना मात्र अनुपस्थित रहेको वज्रवाराहि उच्च मावि परिक्षा केन्द्राध्यक्ष रमेशमान डंगोलले बताउनु भयो ।

त्यस्तै स्वरस्वती वालवोधनी मावि केन्द्रमा २ सय ५८ जनाले नियमित परिक्षा दिएका छन् भने १ सय २१ छात्र, १ सय ३७ छात्रा रहेको र एक्जाम्टेट तर्फ ४२ जना विद्यार्थी रहेकोमा छात्र २ जना, छात्रा ७ जना गरि ९ जना अनुपस्थित रहेको स्वरस्वती वालवोधनी मावि परिक्षा केन्द्रका केन्द्रध्यक्ष राजेन्द्र थापाले जानकारी दिनु भयो । 
सो विद्यालयमा २ जना अपाङ्गता भएका परिक्षार्थी रहेकोले उनीहरुलाई आवश्यकता हेरि १५ मिनेट थप गराएको थापाले बताउनु भयो । पहिलो दिनको परिक्षा ४ वटै केन्द्रमा शान्तिपूर्ण  रुपमा सम्पन्न भएको इलाका प्रहरी कार्यलय पालुुङका प्रमुख  प्रहरी निरीक्षक वबरेन्द्र पनेरुले बताउनु भयो । 

शुक्रवार अनिवार्य नेपालीको परिक्षा हुदैछ  ।



0 comments

Write Down Your Responses