Powered by Blogger.
आग्रामा जिल्ला स्तरीय भलिबल सम्पन्न


डाँडाबास, १२ बैशाख । ‘खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाँडाबास आन्तरिक पर्यटन विकासको अभ्यास’ भन्ने मुल नाराको साथ सञ्चालित जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि शसक्त यूवा समुह आग्राले जितेको छ । 

मकवानपुरको आग्रामा भएको फाइनलमा शसक्त यूवा समुह आग्राले कुण्डलदेवि सहकारी संस्थालाई ३ः१ को सेटमा पराजित गर्दै शसक्त यूवा समुह आग्राले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा कुण्डलदेवि सहकारी संस्थालाई शसक्त यूवा समुह आग्राले १८ः२५, १२ः२५, २७ः२५ ,१७ः२५ को सेटमा जित निकालेको हो । 

उपाधिसंगै शसक्त यूवा समुह आग्राले नगद ५० हजार ५ सय  रुपैंया प्राप्त ग¥यो भने उपविजेता कुण्डलदेवि सहकारी संस्थाले ३० हजार ३ सय नगद सहित प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त मा चित्त बुझाउनु परेको छ ।  प्रतियोगिता कालीदेवि यूवा समूहको आयोजना तथा कालीदेवि बहुउद्देशिय सहकारी संस्थाको समन्वयमा मंगलबारबाट सुरु भएको थियो ।  खेलमा तेस्रो स्थान प्राप्त गरेको बागेश्वरी युवा क्लबले २० हजार २ सय नगद सहित प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त  गर्न सफल भएको छ । 

कालीदेवि बहुउद्देशिय सहकारी संस्था तथा कालि देवि यूवा समुहको अध्यक्ष नेमराज थिङको सभाध्यक्षतमा भएको फाइनल कार्यक्रममा प्रतियोगितामा मकवानपुर जिल्ला भरीका ७ वटा टिमहरुको बीचमा प्रतिस्पर्धा भएको हो ।

गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा समापन भएको प्रतियोगितामा आग्रा ६ का वेष्ट लिप्टर उत्सव खड्का , बेष्ट स्पाईकर कुण्डलदेवि सहकारी संस्थाका खेलाडी जनक चौधरी, उत्कृष्ठ ब्लकर योगेश हमाल र उदयमान खेलाडी बज्रबाराही युवा क्लबका बलराम सुबेदी घोषित भएका छन् ।
  
यसै अवसरमा मकवानपुर जिल्लाका विभिन्न क्षेत्रबाट योगदान गरिरहेका तथा चिनाउने प्रयास गरिरहेका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सम्मान प्रत्र प्रदान गर्दै उस्सु तर्फ रजत पदक विजेता हरि प्रसाद गोले, निर्वतमान खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वालकृण चौलागई, आग्रा खेलकुद विकास समितका संस्थापक अध्यक्ष कृष्ण थिङलाई सम्मान गरेको हो ।



0 comments

Write Down Your Responses