Powered by Blogger.
थाहामा काँग्रेसको वडा समिति र तरुण दल विस्तार


पालुङ, १२ बैशाख , थाहा नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको २५ सदस्यीय वडा  कमिटी विस्तार भएको छ । शनिवार बसेको काँग्रेस वडा भेलाले २५ सदस्यीय कार्यसमिति विस्तार गरेको हो । वडा अधिवेशनबाट चुनिएका विश्वमान श्रेष्ठको सभापतित्वमा विस्तार गरिएकोको वडा कमिटीमा उपसभापतिमा चमेली वल र सानोकान्छा तामाङ रहेका छन् । 

त्यसै गरि सचिवमा सुन्केश्वर प्रधान, कोषाध्यक्षमा जुजुभाइ प्रधान, सहसचिवमा शान्ती मल्ल चयन भएका छन् । सदस्यहरुमा सुस्मिता थोकर, ललिता पौडेल, उषा प्रधान, अञ्जू प्रधान, अर्जुन थोकर, हरिरहर श्रेष्ठ, रचेन्द्र थिङ दिपेन्द्र प्रधान, कृष्णकाजी प्रधान, राजेश प्रधान, सोमनाथ गोले रहेका छन् । सदस्यमै कर्मलाल गोले, नरबहादुर गोले, हरेराम प्रधान, अष्टमान गोले, आइतमान गोले, अजय गोले, शिवराज थोकर र अनिल प्रधान रहेका छन् । 

वडा कमीटीको पुर्णता पछि कमिटीले आजै छ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरुमा मकवानपुर क्षेत्र नं। २ निवर्तमान सभापति इश्वरनाथ पौडेल, नगर सभापति योगेन्द्रमान श्रेष्ठ, भरत गोपाली, महेन्द्र प्रधान, कान्छामान प्रधान र शिवराज पौडेल रहेका छन् । 

यस्तै वडा भेलाले नेपाली काँग्रेस थाहा नगर वडा नम्मर १ तरुण दल पनि गठन गरेको छ । तरुण दल अध्यक्षमा बुद्ध तामाङ, उपाध्यक्षमा विजय मल्ल, सचिवमा सुरेन्द्र श्रेष्ठ, सहसचिवमा अनिल प्रधान, कोषाध्यक्षमा ज्ञानेन्द्र थोकर चयन भएका छन् । सदस्यहरुमा राजाराम प्रधान, रत्न थोकर, रेशम थोकर, ठूलोबाबु तामाङ, मित्रबहादुर तामाङ, रमेश तामाङ, श्री कृष्ण प्रधान, ध्रुव वल र शुभरत्न थोकर सहित १५ सदस्यीय वडा समितिको गठन गरेको हो ।

तरुण दल सल्लाहकार समितिमा वडा सभापति विश्वमान श्रेष्ठ, प्रेस युनियन मकवानपुर जिल्ला सदस्य राजेश श्रेष्ठ, अमृत तामाङ र अनरङ प्रधान रहेका छन् । सदस्य विस्तार तथा तरुणदल गठन पश्चात वडा सभापति विश्वमान श्रेष्ठले युवाहरुको उत्साहजनक सहभागितालाई मध्येनजर गर्दै सामाजिक विकासमा युवाहरुको सक्रिय सहभागिता गराउँदै उनीहरुको नेतृत्व विकासलाई प्राथमिकता दिंदै जाने बताउनुभयो ।


0 comments

Write Down Your Responses