Powered by Blogger.
नयाँ शत्तिको छ नम्मर परिषदमा ढकाल


हेटौंडा, १४ बैशाख ।  नयाँ शक्ति नेपालको हेटौंडा ६ नम्मर वडा भेला सम्पन्न भएको छ । भेलाले रामजी ढकालको संयोजकत्वमा १५ सदस्यीय अन्तरिम वडा परिषद् गठन गरेको छ । 

नव गठित परिषद् सदस्यहरुमा रामचन्द्र पुडासैनी, गोकुल लामिछाने, राजकुमार पौडेल, शान्ति तिमल्सेना, कुमारी गौतम, बाबुराम न्यौपाने, शान्ति मानन्धर, विश्वराज बढाथोकी, लगायत रहेका छन ।

ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक प्रल्हाद लामिछानेको प्रमुख आथित्यता रहेको थियो ।  कार्यक्रममा अन्तरिम केन्द्रिय परिषद् सदस्य निबन्ध लामा, नगर संयोजक डिबि थापा, यूवा अभियान नेपाल अन्तररिम जिल्ला संयोजक सुवोध रिमाल लगायतको आतिथ्यता रहेको नयाँ शक्ति नेपालका अन्तरिम जिल्ला सचिवालय सदस्य उत्सव चौलागाइले जानकारी दिनु भयो ।

सोहि अवसरमा ६ नम्बर वडा अन्तररिम यूवा अभियान कमिटि गठन समेत गरिएको छ  । विकास थापाको सयोजकत्वमा गठीत २१ सदस्यीय अन्तरिम वडा परिषद् गठन गरिएको हो ।  नव गठित परिषद्का सदस्यहरुमा शाहिर ढकाल, सन्तोस लामिछाने, देवेन्द्र चौलागाई, विश्वराम न्यौपाने लगायतको रहेका छन् । 

शान्ति तिमल्सेनाको संयोजकत्वमा ७ सदस्यीय नयाँ शक्ति महिला अभिायन समेत गठन गरिएको छ । नयाँ शक्ति नेपालको महिला अभियानका सदस्यहरु एलिसा ढकाल, उषा कुमारी गौतम, लक्ष्मी मानन्धर लगायत रहेका छन् ।

0 comments

Write Down Your Responses