Powered by Blogger.
हेटौंडामा चर्खाको शुभ मुहुर्त



हेटौडा,१६ वैशाख / हेटौंडाका ब्यबसायीहरुले निर्माण गर्न लागेको नेपाली चलचित्र चर्खाको आज हेटौंडामा गरीएको छ । हेटौंडा १ मा रहेको पाथिभरा देबीको मन्दिर शुभमुहुर्त गरी चलचित्रको शुटिङ शुभारम्भ गरीएको हो । चलचित्रलाई मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, पत्रकार प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेब पोखरेल, चलचित्र निर्माता नरेन्द्र महर्जनले संयुक्तरुपमा चलचित्रको शुभमुहुर्त गरेका थिए । हेटौंडा घर भई बेल्जियम बसोबास गर्दै आएका सहदेब गौतमको प्रस्तुती रहेको चलचित्र चर्खालाई गौतम सहित ब्यबसायीहरु गणेश भेटवाल, सुनिल अधिकारी, बालकृष्ण खड्का, रुपेश केसी र धर्मराजराज बर्तौलाले मिलेर निर्माण गर्न लागेका हुन् । सञ्जिता फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको ९० प्रतिशत छायाँकन मकवानपुरमा र बाँकी भारतको सिलिगुडीमा गरीने चलचित्रका निर्देशक गोबिन्द गौतमले बताए । चलचित्रमा सुसान्त कार्की, निर्जन थापा, रजनी केसी, सुरबिना कार्की, यादबराज पुरी, जुनु रीजाल काफ्ले, कपिल खड्का, रुपेश केसीलगायतको अभिनय रहने अर्का निर्माता गणेश भेटवालले जानकारी दिए । ४० देखी ५० लाखको अनुमानित लागतमा बन्न लागेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, कबिराज गहतराजको नृत्य रहने छ ।

0 comments

Write Down Your Responses