Powered by Blogger.
मकवानपुर आइडलबारे भोलि वृहत अन्तरक्रिया


पालुङ, १९ चैत । मकवानपुर जिल्लामा रहेका नव प्रतिभाहरुलाई गायनको क्षेत्रबाट चिनाउने उद्देश्यले आयोजना गरिएको ‘मकवानपुर आईडल’ तयारीका सन्दर्भमा वृहत अन्तरक्रिया कार्यक्रम भोलि हुने भएको छ । 
उत्तरी मकवानपुरको थाहा नगरपालिमा अवस्थित थाहा कला केन्द्र मकवानपुरले भोलि थाहा नगरपालिकाको हलमा विहान ११ वजे अन्तरक्रिया कार्यक्रम गर्ने मकवानपुर आईडलका मिडिया संयोजक रुपक कालिराजले जानकारी दिनु भयो । 

सो अन्तरकृया कार्यक्रममा वैशाख १ गते हुने लागिरहेको मकवानपुर आइडलको फाइनल कार्यक्रम र हाल सम्म थाहा कला केन्द्रले गरेको गतिविधिहरुबारे सबैलाई जानकारी गराउने कालिराजले बताउनु भयो ।

0 comments

Write Down Your Responses