Powered by Blogger.
मकवानपुरे एमालेको राजधानीमा भव्य भेला, थाहा नगर सम्पर्क मञ्चमा बलामी


काठमाडौं । नेकपा एमाले थाहा नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रामजी बलामी चयन भएका छन् । शनिबार राजधानीमा भएको वृहत भेलाले बलामीको अध्यक्षतामा नगर सम्पर्क मञ्च सर्वसम्मत रुपमा चयन गरिएको हो ।

मकवानपुर काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा भएको भेलामा मकवानपुर जिल्ला अन्तर्गत ४ वटै निर्वाचन क्षेत्रीय सम्पर्क मञ्च र हेटौंडा उपमहानगर तथा थाहा नगर सम्पर्क मञ्च समेत गठन गरिएको हो ।

नवगठित थाहा नगर सम्पर्क मञ्चको उपाध्यक्षमा अनित विष्ट, सचिवमा सबिता बिडारी, सहसचिवमा सुवास खुलाल केसी, कोषाध्यक्षमा राजेन्द्र लामा तथा सदस्यहरुमा आशिष लामा, कृष्ण मोक्तान लगायत छन् ।
नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा क्षेत्रीय सम्पर्क मञ्च पनि गठन गरिएको छ ।

कार्यक्रममा अञ्चल सम्पर्क कमिटीका सचिव बेदनाथ कोइराला, सदस्यहरु देवराज केसी, नवराज वस्ती, भद्रबहादुर गोले,राजेन्द्र कठायत, शन्तराम बिडारी, लक्ष्मण तिवारी, एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल, गौतमवुद्ध लामा र ध्रुव चौलागाँई, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला लगायतको उपस्थिति थियो । 

कार्यक्रममा जितबहादुर मगरको अध्यक्षतामा २ नम्मर निर्वाचन क्षेत्रीय सम्पर्क मञ्च गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा सुमन विष्ट, सचिवमा राजेन्द्र पुडाशैनी, सह सचिव कला न्यौपाने, कोषाध्यक्ष रामशरण लामिछाने तथा सदस्यहरुमा अष्टमान स्याँङ्तान, रविचन्द्र थापा, पुर्ण तामाङ र कुमार विष्ट चयन भएका छन् । यसैगरी १ नम्मर निर्वाचन क्षेत्रीय सम्पर्क मञ्च हरिशरण तिमल्सीनाको अध्यक्षतामा चयन गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा सन्तोष भण्डारी, सचिव मिना खड्का, सह सचिव दिलबहादुर बोम्जन तथा कोषाध्यक्षमा गेहेन्द्र पौडेल चयन भएका छन् । 

यसैगरी सदस्यहरुमा टोपेन्द्र राई, यमन थिङ, भवानी पाठक, जसविर गोले, सुरेश स्याङ्तान र अविनास मगर चयन भएका छन् ।यस्तै भेलाले ३ नम्मर निर्वाचन क्षेत्रीय सम्पर्क मञ्चको संयोजकमा सम्बल चौलागाँई, ४ नम्मर क्षेत्रीय सम्पर्क मञ्चको संयोजकमा हरिबहादुर लामा र हेटौंडा उपमहानगर सम्पर्क मञ्चको संयोजकको रुपमा पुष्पराज अधिकारी तोकिएको छ । 

कार्यक्रममा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गरेर अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष बन्न सफल महेश बर्तौला र केन्द्रीय निर्वाचन आयोग सदस्य दामोदर फुयाँललाई बधाई ज्ञापन गरिएको थियो । 

वैशाख ४ गते चोभारमा बनभोज

मञ्चले जिल्लाबाट राजधानीमा आएर विभिन्न पेशा र व्यवसायमा संलग्न मकवानपुरेहरुबीच आगामी वैशाख ४ गते वृहत वनभोज गर्ने निर्णय गरेको छ । नयाँ वर्ष २०७३ सालको अवशरमा जिल्लावाशीबीच सुखदुख साट्न वार्षिक कार्यक्रम अनुसार नै वनभोज आयोजना गरिएको अध्यक्ष जगतकुमार थिङले जानकारी दिनुभएको । 
बनभोजका लागि वैशाख ३ गतेभित्र रसिद संकलन गरिसक्नुपर्ने र सामान्यया अन्य व्यत्तिहरुलाई ६ सय रुपैंया, विद्यार्थी सहुलियत ५ सय रुपिंया र १० वर्ष भन्दा कम उमेरका वालवालिकालाई ३ सय रुपैंया शुल्क तोकिएको बताइएको छ ।

मञ्चका अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष जयराम डिमडुङ र सञ्चालन सचिव सम्बल चौलागाईले गर्नुभएको थियो । 






0 comments

Write Down Your Responses