Powered by Blogger.
कुलेखानी जोगाउन पालुङमा अन्तक्र्रिया


मकवानपुर, २० चैत ।  नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोबर ताल तथा कुलेखानी जलाधार संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार थाहा  नगर पालिकामा सम्पन्न भएको छ । 

जिल्ला भू–संरक्षण कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरमा कुलेखानी जलाधार संरक्षण सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो  । मनिसको विभिन्न क्रियाकलापबाट कुलेखानी क्षेत्रमा पर्न गएको असर र यसको समाधानको लागि भू–संरक्षण सम्बन्धि  उपनाउने उपायबारे अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो । 

सुरक्षित जलाधार समुन्नतीको आधार भन्ने मुल नाराका साथ थाहा नगरपालिकाको पालुङ बहुउद्देशियका सहकारी संस्थाको हलमा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय महत्वका कुलेखानी जलाधार क्षेत्र संरक्षित घोषणको लागि कस्को केकस्तो भूमिका रहन्छ भन्ने विषयमा छलफल भएको छ । 

२४ सै घण्टा विद्युत सविधा भएको यस ठाउँमा वर्तमान समयमा जलाधार संरक्षणलाई ध्यान नदिने हो भने भावी पुस्ताले लोडसेडिङ संगै खानेपानी, सिचाई, पर्यटन विकास लगायतमा विशेष समस्याहरु भोग्नु पर्ने देखिन्छ । कुलेखानी जलाधार संरक्षण विकास मञ्चका अध्यक्ष हरिकृष्ण कार्कीको सभाध्क्षतामा भएको कार्यक्रममा सहभागीहरुले जलाधार संरक्षण सम्बन्धि आ–आफ्नो विचार तथा सुझाव व्यक्त गरेका थिए । 

जिल्ला भू–संरक्षण कार्यालय मकवानपुरका सहायक भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा जिल्ला भू–संरक्षण अधिकृत पुष्पराम थापा, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, जिल्ला वनस्पति कार्यालयका प्रमुख नरहरि आचार्य, जिल्ला कृषि विकास कार्यालयका सहायक कृषि विकास अधिकृत रविन्द्र पौडेल , नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताब विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भोटुखोरिया र ढुङ्गाकाटे क्षेत्रमा चेक तथा व्यवस्थापन गर्नु पर्नेमा सबैले जोड दिएका छन् । त्यसैगरि कार्यक्रममा स्थानिय बुद्धिजिवि सरोकारबाल, राजनैतिक दलका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा सबैले आजैबाट जलाधार संरक्षणमा लाग्ने  र अरुलाई पनि लगाउने प्रतिबद्धता जानएका छन् । 

अन्तरक्रिया कार्यक्रम प्रभाबकारी रुपमा सफल भएको जिल्ला भू–संरक्षण कार्यालय मकवानपुरका सहायक भू–संरक्षण अधिकृत श्रेष्ठको दावी छ । 

0 comments

Write Down Your Responses