Powered by Blogger.
सहकारी दिवशमा जनशक्तिको चियापान


पालुङ, २० चैत ।  ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार जनशक्ति कृषक सहकारी संस्था थाहा नगरपालिका –६ घर्तिखोलाले अन्तरक्रिया तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

संस्थाका अध्यक्ष बिमल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सदस्यहरु तथा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । सहकारी संस्थको कार्यालयमा भएको कार्यक्रममा सचिव राजकुमार केसीले  सहकारीको आवश्यक्ता र महत्वका बिषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

२०५८ सालमा स्थापना भएको सहकारीले स्थानीय क्षेत्रमा रासायनिक मल, बीउबिजन उपलब्ध गराउनुको साथै  उपभोग्य सुपथ मूल्य पसल समेत सञ्चालन गर्दै आएको छ ।

संस्थाले आगामी दिनमा ब्यवशायिक कृषि तथा प्रबिधिको प्रयोग गरी सदस्यहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउने योजना रहेको संस्थाका अध्यक्ष बिमल केसीले बताउनुभयो ।

0 comments

Write Down Your Responses