Powered by Blogger.
मकवानपुरको ४ नम्मर क्षेत्रीय सम्पर्क मञ्चमा घलान


काठमाडौं, ७ चैत ।  मकवानपुर जिल्ला अन्तर्गत ४ नम्मर क्षेत्रीय सम्पर्क मञ्च गठन गरिएको छ । मकवानपुर जिल्ला कमिटी सदस्य गौतमवुद्ध लामाको विषेश पहल र सक्रियतामा भएको उपस्थिति र भेलाले गत शनिबार ४ नम्मर क्षेत्रीय सम्पर्क मञ्च गठन गरिएको हो । 

मञ्चको अध्यक्षमा कञ्चन घलान चयन भएका छन् भने उपाध्यक्षमा तारादेवी घलान चयन भएकी छिन् । यसैगरी नवगठित कमिटीको सचिवमा नागेन्द्र रिजाल, सहसचिवमा नवराज अर्याल र कोषाध्यक्षमा पुरुषोत्तम थापा चयन गरिएको हो । 

मञ्चको सदस्यहरुमा साबित्री रिजाल, सुक्त मोक्तान, दिपक थिङ र राहुल लामा चयन भएका छन् । क्षेत्रीय भेला आयोजक समितिको संयोजक हरिबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय लेखा परिक्षण आयोगका सदस्य पिवी गोले तथा नारायणी अञ्चल सम्पर्क कमिटीका सदस्य भद्र गोले लगायतको उपस्थिति रहेको थियो । 

0 comments

Write Down Your Responses