Powered by Blogger.
हेटौंडामा वरिष्ठ नेता नेपालले भने, ‘संविधान कार्यन्वयन चुनौतिपूण’


हेटौँडा, ७ चैत । नेकपा एमालेका  वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यन्वयनमा अझै चुनौति रहेको बताएका छन् । पार्टीहरुबीच अविश्वास रहेको बताउँदै उनले संविधान कार्यन्वयनको सवालमा सबै पार्टीहरु एक भएर लाग्नुपर्नेू बताए । 

नेकपा एमाले मकवानपुरले  आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले राजनीतिक दलहरुसँग दुरी बढाउन नभर्इ समझदारीमा काम गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपालले भने, ‘‘२०७२ साल नेपालको लागि हरेक हिसावले सम्झानायोग्य बन्यो, यस समयमा धेरै राम्रा तथा पीडाको श्रृङ्खला भए तर त्यसबाट पाठ सिक्दै अब सम्बृद्धिको पथमा अघि बढनु पर्दछ ।’

कार्यक्रममा बोल्दै नेता नेपालले दलहरु नमिल्दा देशमा संवैधानिक संकट खडा हुनसक्ने बताए । नेपालमा संविधान कार्यन्वयन गर्न नदिने तत्वहरु अझै सक्रिय रहेको भन्दै उनले यो समयमा सबै नेपाली राजनीतिक दलहरु एक भएर लाग्नु पर्ने बताए । 

आन्दोलन तथा नाकाबन्दीले मधेशनै पीडामा परेको बताउँदै मधेशको मागहरु अधिकांश सम्वोधन भएको बताए । आज भन्दा ४ वर्ष पहिले संविधान जारी गरिएको भए देश अझ संकटमा पर्ने संभावना रहेको जीकिर गर्दै यो संविधान उपयुक्त समयमा जारी भएको बताए । ४ वर्ष पहिले संविधान जारी भएको भए जातियताको गन्ध सहितको संघियता हुन सक्ने उल्लेख गर्दै उनले नेपादको हितको  एमालेको नेतृत्व आवश्यक रहेको स्पष्ट पारे ।

0 comments

Write Down Your Responses